अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री द्वारा श्रद्धाञ्जली

शुक्रबार, फाल्गुन १७, २०७५, । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिएका दिएका छन् । उनले अधिकारीकोे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर बिदाई गरेका हुन् ।

आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएका थिए ।

श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म शव टुँडिखेलमा राखिएको छ । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।

श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।

बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, फाल्गुन १७, २०७५ (March 1, 2019, 9:22 am) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै