Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

राति १२ बजे पछी ईपीएस भाषा परिक्षाकाे काे फर्म भर्न सकिने (फर्म भर्ने र भराउनेले जान्नै पर्ने कुराहरू)

User Photo बिहिबार, चैत्र ७, २०७५

आज राति १२ बजे पछी ईपीएस काेरियाकाे फर्म भर्न सकिनेछ । यस बर्षबाट अनलाइन मार्फत फर्म शुल्क बुझाउन सकिने भएकाले राति नै फारम भर्न सम्भव हुने भएकाे हाे ।

eoers.epsnepal.gov.np मा गएर अनलाइनबाट फारम भर्न सकिनेछ । परीक्षा दिन जाँदा फारम भरेपछि परिक्षार्थीको इमेलमा आउने प्रवेशपत्रको रंगीन प्रिन्ट र सक्कल एमआरपी अनिवार्य रुपमा लानुपर्छ । २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ । साथै eoers.epsnepal.gov.np साइट १२ बजे पछी मात्रै खुल्नेछ भने अनलाइनमा पनि १२ बजे पछी मात्रै पैसा तिर्न सकिनेछ ।

यो वर्ष कोरियाले १० हजार ५० जना नेपाली कामदार पहिलो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुने छन । भाषा परीक्षाबाट उत्तीर्णहरु यो वर्षबाट भाषा परीक्षासँगै सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्नेछ । सीप परीक्षणमा उत्तीर्ण नहुने व्यक्ति कोरिया जान नपाउने पनि ईपीएस शाखाले स्पष्ट पारेको छ ।

सीप परीक्षणमा कामसँग सम्बन्धित सीपको परीक्षण हुने भए पनि त्यस विषयको जानकारी भाषा परीक्षा नतिजापछी मात्रै हुनेछ । सन् २००८ देखि कोरियन भाषा परीक्षामा सीप परीक्षण गरिँदै आए पनि त्यसलाई नतिजामा जोडिएको थिएन ।

सन् २०१७ र १८ मा सीप परीक्षण गरिएको थिएन । तर यो वर्षदेखि सीप परीक्षणलाई अनिवार्य गरिएको हो ।

यस अघि २५ वटा पढेर उत्तर दिने र २५ वटा सुनेर उत्तर दिने गरी ५० वटा प्रश्न हुने गरेकोमा यो वर्ष पढ्ने र सुन्ने प्रश्नको सङ्ख्या घटाएर २०/२० वटा बनाइएको छ । परीक्षामा उत्पादनमूलक क्षेत्र तर्फ ४७ दशमलव ५ वा त्योभन्दा धेरै र कृषि तर्फ ३६ अंक ल्याउनेहरुमध्ये धेरै उच्च अंक ल्याउनेहरुबाट छनौट गरिने छ ।

यो वर्ष पहिलो चरणको भाषा परीक्षाबाट उत्पादनमूलक क्षेत्र तर्फ ७ हजार ५० र कृषि तर्फ ३ हजार परिक्षार्थी छनौट हुनेछन् । भाषा परीक्षाबाट उत्तीर्ण १० हजार ५० जनाको सीप र क्षमता परीक्षण गरिनेछ ।

त्यसमा उत्तीर्ण भएका व्यक्ति मात्रै रोजगारीका लागि कोरिया जान पाउने ईपिएस कोरिया शाखाले जनाएको छ । सीप र अनुभव परीक्षणमा सम्बन्धित कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमी र प्रमाणपत्रलाई आधार मानिने शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

‘उदाहरणका लागि उत्पादनमूलक क्षेत्रमा जाने व्यक्तिलाई १० नम्बरको पेन्चीस ल्याउनु भन्दा उसले भाषा बुझेर त्यो ल्याउन सक्छ कि सक्दैन भनेर हेर्ने होला ।’ शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भन्नुभयो, ‘अनि नट बोल्ट कस्न लगाउँदा जान्दछ कि जान्दैन भनेर हेर्ने होला । उसको कामसँग सम्बन्धित यस्तै सीपको परीक्षण गरिन्छ ।’

शुक्रबारदेखि खुल्ने फारम चैत १७ गतेसम्म भर्न सकिने ईपिएस कोरिया शाखाले जनाएको छ । यस पटक अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको परीक्षाको फारम १८ वर्षदेखि ३९ वर्षसम्मका व्यक्तिले भर्न सक्नेछन् ।

फर्म भर्दा ध्यान दिनु पर्ने तथा परिक्षार्थिले जान्नै पर्ने कुराहरू

 १. परीक्षाको मिति २०७६ जेठ २५ र २६ गते क्रमशः शनिबार र आईतबार (तदनुरुप सन् २०१९ को जुन ०८ र ०९ तारिख) हुनेछ।

२. एक दिनमा २ सिफ्ट गरी परीक्षा संचालन हुनेछ । आवेदनको क्षेत्र- उत्पादनमुलक क्षेत्र/कृषि तथा पशुपालन क्षेत्र ।

३. भाषा परीक्षामा अनुमानित उत्तीर्ण सङ्ख्या १००५० (उत्पादनमुलक क्षेत्रतर्फ ७०५० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ ३०००) । कोरियामा कामदारको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ ।

४. एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने छ । भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीहरुले दोश्रो चरणको शिप परिक्षणमा समेत सहभागी भै उत्तिर्ण भए पछि मात्र रोजगार आवेदन फाराम भर्न सक्ने छन् । दोश्रो चरणको त्भकत को बिस्तृत विवरण प्रथम चरणको परीक्षाको नतिजा प्रकाशन पश्चात प्रकाशित गरिनेछ ।

५. आवेदन दर्ताका लागि आवश्यक कागजातहरू- आवेदकले आवेदन फाराम भर्दा राहदानीको फोटो भएको पेज (बायो पेज) को रंगिन स्क्यान गरेको कपि अपलोड गर्नु पर्नेछ । आवेदकले आवेदन फाराम भर्दा अनिवार्य रुपमा आफ्नो ईमेल ठेगाना र मोबाईल नम्बर उल्लेख गर्नु पर्ने छ । आवेदन फाराममा ३ महिना यता खिचेको दुवै कान देखिने एम. आर. पी. साईजको सेतो पृष्ठभुमी भएको, सेतो कपडा नलगाएको रङ्गीन फोटो स्क्यान गरी अपलोड गर्नु पर्नेछ ।

६. परीक्षाको दिनको पूर्व तयारीः प्रत्येक आवेदकले आफ्नो प्रवेश पत्रको रङ्गीन प्रति र सक्कल राहदानी लिइ आउनुपर्नेछ । अन्यथा परीक्षामा सामेल गराईने छैन । उत्तरपुस्तिकामा कालो बलपेनको प्रयोग गर्नुपर्नेछ । कालो बलपेन बाहेक अन्य कलमहरुको प्रयोग गरेमा गलत उत्तर लेखेको मानिनेछ । बलपेन परीक्षार्थी स्वयंले ब्यवस्था गर्नु पर्ने छ ।

७. प्रत्येक परीक्षार्थीलाई एउटा मात्र उत्तरपुस्तिका उपलब्ध हुनेछ । उक्त उत्तरपुस्तिका साट्न वा सच्चाउन पाइने छैन । त्यसैगरी टिपेक्सको प्रयोग गरी उत्तर सच्याइएमा गलत उत्तर लेखेको ठहरिनेछ ।

८. अन्य जानकारीः क) परीक्षा भवन तथा कोठा भित्र मोवाइल फोन, क्यासेट प्लेयर जस्ता विद्युतीय उपकरणहरु लैजान पूर्ण रुपमा निषेध गरिएको छ । यस्ता सामग्री फेला परेमा सम्बन्धित परीक्षार्थीको परीक्षा अवैध ठहरिनेछ ।

ख) अन्य व्यक्तिको नाममा अनाधिकृत व्यक्तिले परीक्षा केन्द्र प्रबेश गरी अर्काको परीक्षा दिन प्रयास गरे गराएमा निजले ल्याएको राहदानी लगायतका कागजात सहित तत्काल पक्राउ गरी कानुन बमोजिम कडा कारवही गर्ने ब्यवस्था गरिएको छ । यसरी पक्राउ परेका व्यक्तिहरुको विवरण आम सञ्चार माध्यमबाट समेत प्रसारण गर्न सकिनेछ र आगामी ३ बर्ष सम्म उक्त कार्यमा संलग्न सम्बन्धित ब्यक्तिहरु भाषा परीक्षामा सहभागी हुन पाउने छैनन् ।

ग) भाषा परीक्षामा नक्कल गर्ने र नक्कल गराउने परीक्षार्थी ३ वर्षका लागि पुनः भ्एक्(त्इएक्ष्प् परीक्षामा सामेल हुनसक्ने छैेन ।

घ) आवेदन फाराममा उल्लेखित आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम, थर, जन्म मिति र फोटो) निजको राहदानीको भन्दा फरक परेमा परीक्षामा सामेल नगराईने र कोरिया प्रवेशमा रोक लगाइनेछ ।

ङ) कोरियन भाषा परीक्षामा उत्तीर्ण भए तापनि स्वास्थ्य परीक्षणमा असफल हुने तथा प्रहरी रिपोर्ट प्रतिकूल हुने व्यक्तिले रोजगार आवेदन फाराम भर्न पाउने छैनन् । च) भ्एक् अन्तर्गत रोजगार प्रकृयामा वैदेशिक रोजगार विभाग, ई.पी.एस.कोरिया शाखा कार्यालय वाहेक कुनै पनि निजी संघ÷संस्था, शैक्षिक संस्था वा व्यक्तिहरुको संलग्नता नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.