
प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्याउनुभएको छ ।
प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।
दुर्घटनामापरी घाइते भएका चारै जनालाई प्रदेश प्रमुखले देख्ने वित्तिकै आफ्नो गाडी रोकी घाइतेहरूलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाउनुभएको छ ।
डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उहाँ निकट स्रोतले जनाएको छ ।
प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने प्रतिक्रिया दिनुभएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द