Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

प्रदेश प्रमुख डा. अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई पुर्याए अस्पताल

User Photo मङ्लबार, फाल्गुन ११, २०७७
काठमाण्डाै ।

प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याउनुभएको छ ।

प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।

दुर्घटनामापरी घाइते भएका चारै जनालाई प्रदेश प्रमुखले देख्ने वित्तिकै आफ्नो गाडी रोकी घाइतेहरूलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाउनुभएको छ ।

डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उहाँ निकट स्रोतले जनाएको छ ।

प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने प्रतिक्रिया दिनुभएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.