नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता कमलबहादुर शाहले लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको आफ्नो रामारोशन खाद्य भवनलाई आइसोलेसन बनाउन सकिने बताउनु भएको छ ।
कोरोना भाइरस कोभिड १९ महामारीको रुपमा फैलिरहेको र लम्कीचुहा नगरपालिकाले निर्माण गरेको ५० वेडको राधास्वामी सत्संग भवनमा बनाइएको आइसोलेसन वेड हावाहुरीले समस्या गरेको स्वास्थ्यकर्मीको गुनासो रहेको उल्लेख गर्दै युवा नेता शाहले तत्कालका लागि लम्कीचुहा -१, टिकापुर रोडमा रहेको रामारोशन खाद्य भवनका कोठाहरूलाई करिब ५० बेडको आइसोलेसन कक्ष बनाउनका लागि उक्त स्थान सम्बन्धित पक्षलाई आवश्यक परेको खण्डमा उपलब्ध गराउने जानकारी दिनुभयो ।
साथै कोरोना भाइरस कोभिड १९ बाट मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली सहित कोरोना संक्रमित भएकाहरूको स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भएको छ ।
उहाले फेसबुकमा लेख्नु भएको छ “कोभिड-19 ले मृत्यु हुनुभएका दाजुभाइ दिदिबहिनीहरूमा हार्दिक श्रद्धाञ्जली सहित शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै लम्कीचुहा नगरपालिकाले निर्माण गरेको आइसोलेसन कक्षमा हावाहुरी र वर्षातका कारणले आइसोलेसन कक्ष व्यवस्थापन गर्न कठिन भएको कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी ज्युको गुनासोलाई मध्यनजर गर्दै तत्कालका लागि लम्कीचुहा -१, टिकापुर रोडमा रहेको रामारोशन खाद्य भवनका कोठाहरूलाई करिब ५० बेडको आइसोलेसन कक्ष बनाउनका लागि उक्त स्थान सम्बन्धित पक्षलाई आवश्यक परेको खण्डमा उपलब्ध गराउने जानकारी गराउदछु ।
अन्तमा कोभिड -१९ ले संक्रमित हुनुभएका सम्पूर्ण मेरा दाजुभाइ तथा दिदीबहिनीहरूमा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
जय नेपाल
