Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

सप्तकोसी व्यारेजमा रातो बत्ती, त्रासपुर्ण रात विताउन बाध्य स्थानिय, भारतले ढोका खोल्न मानेन

User Photo शनिबार, असार १९, २०७८
काठमाण्डौ ।

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।

हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले शनिबार बिहान ९ सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड २ लाख २१ हजार ४७५ क्युसेक पुगेको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै सचेत गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण आतंकित बनेका छन्। पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २९ वटा मात्र ढोका खोलेको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीले ४० ढोका खोल्न अनुरोध गर्दा समेत भारतले ढोका खोल्न नमानेको बताइएको छ। सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ती डुवानमा पर्ने त्रास बढेको स्थानीयले बताएका छन्।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदासमेत सबै ढोका नखोलिएका कारण कोसी आसपासका सर्बसाधारण त्रसित भएको कोसी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए। उनले पानीको बहाव उच्च हुँदासमेत कोसी व्यारेजका सबै ढोका खोलेर सर्वसाधारणलाई र्निधक्क साथ रात विताउन व्यवस्था मिलाइदिन सरकार सँग माग गरेका छन्। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरीको महेन्द्रनगर, प्रकासपुर, राजाबास, मधुवन, र हरिपुर क्षेत्रका सर्वसाधारण त्रसित बनेको कार्कीको भनाई छ।

सप्तकोसीमा पानीबो बहाव बढेसँगै सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले कोसी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोरसहितको सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालन गरिसकिएको जानकारी दिए।

२०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो। कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, हरीपुर, पश्चिम कुशाहा र लौकही गाविसमा हजारौं विघा खेतियोग्य जमिन भरुभुमि बनाउनुका साथै ५ हजारभन्दा बढी घर परिवारको उठिबास बनाएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.