Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

जेनजी आन्दोलनको प्रतिवेदन तत्काल सार्वजनिक र कार्यन्वयन गर्न सभापति गगन थापाको माग

User Photo मङ्लबार, चैत्र १०, २०८२
काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यन्वयन पनि हुनुपर्ने बताए ।

‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् । त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्,’ थापाले भनेका छन्, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस् ।’

साथै, उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने कुरा अघि बढोस् भन्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिए ।

‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भनेका छन् ।

# गगन थापा # नेपाली कांग्रेस # राजनिति

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.