Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

सामाजिक सुरक्षाको भत्ता समेत बचत गर्छन् ८५ वर्षीय वृद्ध !

User Photo आइतवार, अशोज १४, २०७५

जीवनमा बचत गर्ने बानीको विकास हुन नसकेकोमा पछुतो लागेको बताउने कालिमाटी गाउँपालिका–२, झिगानेका ८५ वर्षका गुरुदत्त सापकोटाले सामाजिक सुरक्षाको भत्ताबाट मासिक पाँच सय रुपैयाँ बचत गर्न थालेको दुई वर्ष भयो ।

दुई वर्षको अवधिमा उहाँले स्थानीय सहकारीमा १२ हजार रुपैयाँ बचत गरिसक्नुभएको छ । ‘जीवनमा कति कमाइयो होला तर बचत गर्ने बानी नहुँदा जीवनको उत्तर्राधमा निकै सकस खेपेको बताउने सापकोटाले वित्तीय साक्षरता कक्षा पाएपछि यस्तो बानीको विकास गर्नुभएको हो ।

‘सहकारीमा गएर ३ हजार ५ सय  रुपैयाँ जम्मा गरेँ’, दुई वर्ष अघिको कुरा सम्झँदै सापकोटाले भन्नुभयोे, ‘उमेरमा कमाएको पैसा बचाउन सकिएन, रगत हुँदा यस्तै चल्छ भन्ने लाग्थ्यो । वित्तीय साक्षरता कक्षा पढेपछि थाहा भयो, बचत गर्नु अनिवार्य रहेछ, मेरो पनि आम्दानीको स्रोत त छैन तर सामाजिक सुरक्षा भत्तावापत १ हजार पाउँछु । त्यसैबाट आधा रकम बचत गर्न सुरु गरेको छु ।’

यसरी बचतको बानीको विकास गरेका सापकोट मात्रै एक्ला हैनन् । जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकाका विकट ९ वटा वडाहरुमा  गएको दुई वर्षको अवधिमा झण्डै एक हजार पाँच सय जनाले वित्तीय साक्षरता कक्षा लिएपछि बचत गर्न थालेको हुन् ।

यस्तै वनगाड कुपिण्डे नगरपालिका १२ भदालेकी ५३ वर्षकी मनकली रोकायाले पनि पैसा हुँदा पनि बचत गर्न नसकेको सम्झेर दुख लाग्ने बताउनुभयो । जति दुख गरे पनि आफ्नो परिवारको आर्थिक अवस्था कहिलै सुधार नभएको देखेर निराश भएकी मनकलीले कमाएको थोरै पैसा बचत गरेको भए अहिले दुःख हुने थिएन भन्दै पीडा पोख्नुभयो ।

‘पैसा कमाएर बचाउनुपर्छ भनेर कसैले सिकाएनन्, हामी यस्तो विकटमा बस्ने मान्छेले यस्ता कुरा कसरी आफै थाहा पाउनु ?, उमेर ढल्किसक्यो, अहिले सम्झेर रुँन मन लाग्छ’, मनकालीले भन्नुभयो, ‘तर पनि जति हुन्छ बचत गर्छु, बाचुञ्जेल मेरो हुन्छ, मरेपछि छोरानातीका लागि हुन्छ ।’ दलित विकास समाज सल्यानको पहल बचत गर्ने बानी विकासको कार्यक्रम आयोजना गरिएको हो ।

वित्तीय साक्षरता कक्षा लिएपछि सहभागीले नजिकका सहकारी संस्थामा बचत गर्न जान्छन् अहिलेसम्म ११ सय बढीले सहकारी संस्थामा सदस्य बनेर बचत सुरु गरेको पहल कार्यक्रमका वित्तयि सेवा अधिकृत रमेशकुमार वलीले जानकारी दिनुभयो । अहिले कार्यक्षेत्रभित्र रहेका ६ वटा सहकारीबाट पनि वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

‘पारिवारिक हिसाब किताब नराख्दा पैसा जोगाउन सकिँदैन भन्ने कुराबारे थाहा नै  थिएन, तर धेरै पैसा कमाउँदा पनि नगद व्यवस्थापन गर्न सकिएन भने गरिब भइँदो रहेछ भन्ने कुरा राम्रोसँग बुझियो’, दमाचौर साना किसान सहकारी संस्थाका अध्यक्ष देवी चन्दले भन्नुभयो, ‘अहिले हामीले जसोतसो जति सकिन्छ बचत गर्ने गरेका छौं ।’

कालिमाटीमा रहेको सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थामा १४ वर्षसम्म १ सय ७३  जनाले सदस्यता लिए । त्यसमा पनि सदस्यहरु घट्दै थिए । वित्तीय साक्षरता कक्षा पढेपछि दुई वर्षमा ४ सय सदस्य वृद्धि भएको सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

समूहमा वित्तीय साक्षरता कक्षा सञ्चालन भएपछि धेरैका आँखा खुल्न थालेको संस्थाका अध्यक्ष निमबहादुर नेपालीले बताउनुभयो । ‘वित्तीय साक्षरता कक्षामा बचत, नगद व्यवस्थापन, ऋण योजना, पारिवारिक बजेटका बारेमा बुझेका सहभागीहरुले आफ्नो व्यवहार सिकेका कुरा लागू गरेको मैले पाएको छु’, अध्यक्ष नेपालीले भन्नुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.