गैरआवासिय नेपाली (एनआरएन) ले स्थापना गर्न लागेको माइक्रोफाइनान्सले प्रमुख कार्यकारी अधिकृतको विज्ञापन खुला गरेको छ। राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको लागि प्रमुख कार्यकारी अधिकृत आवश्यक परेको विज्ञापनमा भनिएको छ।
प्रमुख कार्यकारी अधिकृतको लागि बैंक तथा वित्तीय क्षेत्रमा १० वर्षको कार्यानुभव हुनु पर्नेछ। आवेदन संस्थाको इमेल ठेगाना (nrnmicrofinance@gmail.com) मार्फत दिन सकिने छ। गैरआवासिय नेपाली, सरकार तथा बैंकका उच्च पदबाट निबृत्त, कर्मचारीहरु, औद्योगिक तथा व्यापारिक घरानाका व्यक्तिहरुको लगानी रहेको विज्ञापनमा उल्लेख गरेको छ।
एनआरएन माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट अनुमति पाउन बाँकी छ। अनुमतिको लागि संस्थाले राष्ट्र बैंकमा निवेदन दिएको र चाँढै नै संचालन अनुमति पाउने संस्थाले जनाएको छ।
उन्नती माइक्रोफाइनान्सले एक जना सहायक प्रबन्धक माग गरेको छ। सहायक प्रबन्धकको लागि स्नातकोत्तर गरि बैंक तथा वित्तीय संस्थामा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। संस्थाले केहि बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक माग गरेको छ।
अधिकृत स्तरका कर्मचारीको लागि स्नातक गरेको हुनु पर्छ भने बरिष्ठ सहायक र सहायकको लागि प्लस टु पास गरेको हुनु पर्छ। साथै कनिष्ठ सहायकको लागि एसएलसी उत्तीर्ण गरेको भए पुग्छ। सहायक र कनिष्ठ सहायकको लागि अनुवभको आवस्यकता पर्दैन। इच्छुक आवेदकले असोज २९ गतेसम्म संस्थाको इमेल मार्फत आवेदन दिन सक्ने छन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द