Naya Media
शनिबार, फाल्गुन ३०, २०८२
| | March 14, 2026
शनिबार, फाल्गुन ३०, २०८२

‘सेन्टी भइरस’ को एक दिनको व्यापार १ करोड १२ लाख

भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार

User Photo शनिबार, फाल्गुन १०, २०७६
काठमाण्डाै ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ ।

शुक्रबार निर्माण पक्ष काठमाडौंको विभिन्न हलमा पुगेको थियो । जहाँ दर्शकको उपस्थिती बाक्लो देखिन्थ्यो । शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको छ । बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षले बताएको छ । चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिकृया दिइरहेका छन् ।
धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ ।

शुक्रबारबाट नै रिलिज भएको चलचित्र ‘आमा’ले पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस चलचित्रले उत्कृष्ट भएको समिक्षा पाइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.