Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

विराटनगरमा उपचाररत ६ जना भारतीय पनि निकाे भएर डिर्चार्ज हुदै

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये ६ जना निको भएकाे प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

संक्रमण मुक्त भएकाहरुको कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो । परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना अस्पताल विराटनगरका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिने छ । डिस्चार्जपछि एकसाता विराटनगरको रानीमा स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जनाले उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.