Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

तामाकोशीकाे शेयर दशैंपछि बाँडफाँट हुने

User Photo शुक्रबार, भदौ २९, २०७५

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए। जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गतेमात्र सकिएको थियो। शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ। सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए।

प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। स्थानीयवासीका लागि कम्पनीले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो। करीब तीन अर्ब बराबरको आवेदन परेको छ।

प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन्। दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्काशन गरेको छ। स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.