अनेरास्ववियुका विश्वशान्ति कोईरालाको पहलमा लम्की चुहा ७ मा निशुल्क ७०० माक्स वितरण गरिएको छ । चितवनमा बस्ने नेता कोईरालाको पहलमा उहाको आफ्नो गृह टोल लम्की चुहा ७ को हरैयापुर टोलमा माक्स वितरण गरिएको हो । बिश्व भरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्धको सचेतना कार्यक्रम अन्तर्गत माक्स वितरण गरेको कोईरालालाले बताउनु भयो ।
कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ७ ले एउटा घरमा एउटा माक्स र सावुन वितरण गरेको बिरोध स्वरुप आफुले माक्स वितरण गर्न पहल गरेको बताउनु भयो कोईरालालाले भने वडाले सम्पुर्ण वडाबासी लाई जनही एक थान माक्स वितरण गर्नु पर्नेमा एक परिवारलाई एउटा माक्स दिएको तर एक परिवारका सबै परिवारलाई माक्स वितरण गर्न आग्रह पनि गर्नु भयो । यो संकटको बेलामा मानबिय सेवा नै धर्म भएको कोइरालालाले बताउनु भयो ।
काठमाण्डाै ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
-
४
-
५
