Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

सांसद झपट रावलद्वारा लम्की चुहा अस्पतालको लागि पिपिई, मास्क र सेनिटाइजर वितरण

User Photo सोमवार, जेष्ठ १९, २०७७
काठमाण्डाै ।

विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेको छैन पछिल्ला दिनमा नेपालमा पनि यो भाइरस तिब्र गतिमा फैलिएको छ । भारत संग सिमा जोडिएको कैलाली पनि निकै जोखिममा रहेको छ ।

पछिल्लो समय भारत बाट आउने हरु दिन प्रतिदिन बढी रहेको अवस्थामा कोरोना भाइरसको जोखिम पनि बढीरहेकाे छ ।

यही जाेखिमलाई मध्यनजर गर्दै कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद झपट बहादुर रावलले लम्की चुहा अस्पतालको लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिई २२ थान, बुट वयर १० थान, ३२ सय थान मास्क र ५ लिटर सेनिटाइजर उपलब्ध गराउनु भएको छ ।

लम्किचुहा अस्पतालमा काम गर्ने डाक्टर र चिकित्सकहरुका लागि उक्त सामाग्री वितरण गरेको नेकपा युवा नेता नेत्र भण्डारीले जानकारी दिनु भएको छ ।

बिरामीको उपचार गर्न लागि निरन्तर निरन्तर खटिने चिकित्सकहरु लाई सहज होस भन्ने उद्वेश्यले स्वास्थ्य सामाग्री गराएको सांसद रावलले बताउनु भयो ।

मास्क र सेनिटाइजर पाएपछि लम्की चुहा अस्पतालका डाक्टर प्रकाश तिमिल्सेनाले सांसद रावलको यो उदारणीय कार्यको प्रशंसा गर्नु भयो । आफ्नो क्षेत्रमा रहेका चिकित्सक र अस्पतालको लागि स्वास्थ्य सामाग्री पठाउनु भएकोमा डा.तिमिल्सेनाले धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.