
लिङ्ग कै आधारमा हुने हिंसाहरु लैङ्गिक हिंसाहरु हुन् ।सामान्य रूपमा लैङ्गिक हिंसाको कुरालाई अघि ल्याउदा महिला माथी हुने हिंसालाई मात्र बुझ्ने जनमानसको सोचाइ रहेको छ । तर महिला वा पुरुष वा तेस्रो लिङ्गी भएकै आधारमा कार्य स्थल , पेशा , अध्ययन , परिवार तथा समाजमा वा कुनै पनि ठाँउमा घृणा गर्नु , कुट्पिट गर्नु , यौनजन्य दुराचार , डरत्रास , धम्की दिनु , पारिश्रमिक नदिनु वा कम दिनु , अश्लील शब्द बोल्नु , अश्लील फोटो देखाउनु इत्यादि लैङ्गिक हिंसा हुन् ।
हाम्रो सामाजिक संरचनामा शिक्षा , स्वास्थ , रोजगार , सम्पत्ति र निर्णय प्रक्रियामा , स्रोत परिचालन , शक्तिको प्रयोगमा महिलाको कम पहुच छ । पुरुष प्रधान परिवारिक संरचनामा पुरुषको निर्णय र नियन्त्रण बढी हुन्छ । त्यसैले लैङ्गिक हिसाबबाट महिला पीडित हुने गरेका छन् तर यसको मतलब लैङ्गिक हिंसालाई महिला माथी हुने हिंसाको रुपमा मात्र बुझ्नु हुदैन ।
पृतिसत्तात्मक सामाजिक संरचना भएको हाम्रो नेपाली समाजमा विगत देखी नै हिंसाको चरम शिकार विशेषत महिला हुने गरेका छ्न । एउटा पारिवारिक परिवेश देखि आफुले काम गर्ने , सार्वजनिक स्थल कहि पनि हिंसाको शिकार हुने गरेका छन् । घर बाहिर हुने हिंसा सामान्यतय बाहिर आउछ्न तर घरभित्र भइरहेका हिंसा बाहिर आउन कठिन हुन्छ । सामाजिक मर्यादा , संस्कार ,पारिवारिक वातावरण बिगारिने डर त्रासका कारण घर भित्र हुने लैङ्गिक हिंसा दविएर रहेको हुन्छ ।
लैङ्गिक हिंसालाई टेवा दिनको लागि सामाजिक कुसंस्कार , कुरिती र चालचलनहरुको अहम् भुमिका देखिन्छ । हाम्रो समाजमा लैङ्गिक हिंसा गर्भबाटै शुरु भएको देखिन्छ र जिवनभर कुनै न कुनै रूपमा हिंसाको शिकार हुने गरेको छन । गर्भमै लिङ्गको पहिचान गरि गर्भपतन गर्नु , आफ्नो सन्तानमा नै विभेदको वातावरण सिर्जना गर्नु र त्यसै अनुरुप व्यवहार गर्नु , परिवार देखि सामाजले महिला भएकै कारणले यो खालको ब्यवहार गर्नुपर्छ भन्ने कुराको निर्धारण गरेको हुन्छ । जस अनुरुप चल्न बाध्य बनाइएको हुन्छ ।
यसरी गरिने बिभेदले गर्दा नै हिंसा सिर्जना हुने र त्यसले बिकराल रुप लिने गएको देखिन्छ । हिंसा पुरुषले महिलालाई मात्र नभई महिलाले महिलालाई पनि गरेका छन् । सासुले बुहारीलाई , जेठानीले देवरानी , नन्दले भाउजूलाई गरेको हिंसाको घट्नाहरु प्रशस्त भेटिन्छन् । यस्ता घट्ना हुन हाम्रो सामाजिक संरचनाले पनि बढावा दिएको छ ।
यसैगरि तेस्रोलिङ्गीलाई उनिहरुको पहिचान देखि उनिहरुलाई गरिने व्यबहार समेत विभेद गरिन्छ ।
एकाईसौ शताब्दीमा आइसक्दा पनि लिङ्गलाई आधार बनाएर हिंसा हुनु जघन्य अपराध हो । लैङ्गिक हिंसाको अन्त्यको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा पहल प्रशस्त भएका छन । लैङ्गिक हिंसा न्यूनीकरणको अन्तर्राष्ट्रिय दस्तावेज संयुुक्त राष्ट्रसंघ महासभाबाट पारित मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ को प्रास्तवनामा नर र नारीको समान अस्तित्व र सहभागितालाई आत्मसात गरिएको उल्लेख गरिएको छ ।
महिलाको राजनैतिक अधिकार सम्बन्धि महासन्धि १९५२ मा महिलाहरुको राजनैतिक व्यवस्था गरिएको छ । जुन संयुक्त राष्ट्र संघ महासभाबाट ७ जुलाई १९५४ मा पारित भएको थियो । संयुक्त राष्ट्र संघ महासभाबाट सन १९७९ मा महिला अधिकारलाई संस्थागत गर्ने उदेश्यले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि पारित गरेको थियो । जसलाई नेपालले पनि अनुमोदन गरेको छ ।
यसैगरी राष्ट्रिय स्तरमा पनि लैङ्िगक हिंसा न्यूनीकरण र महिला समानताको लागि व्यवस्था भएका राष्ट्रिय कानुनी प्रावधानहरु नेपालको संविधानलाई महत्वपुर्ण दस्तावेजको रूपमा लिन सकिन्छ । संविधानको विभिन्न भाग र धाराहरुमा लैङ्गिक समानताको व्यवस्था गरेको छ र विभेदकारी कानुनहरुको खारेजी तथा संसोधन गर्ने व्यवस्था गरिएको छ ।
संविधानको भाग ३ मौलिक हकहरुमा रोजगार , सामाजिक सुरक्षा सम्बन्धि हक , सम्पत्तिको हक , शिक्षा सम्बन्धि हक , महिलाको हक , सामाजिक न्यायको हक व्यवस्था गरेको छ । यसका साथै महिला आयोग , राष्ट्रिय मानव अधिकार आयोगको संरचनागत व्यवस्था गरेको छ । यसै गरि पहिचान सहितको नागरिकताको व्यवस्था तेस्रोलिङ्गीलाई प्रदान गर्ने व्यवस्था गरेको छ ।
नेपालि समाजमा लैङ्गिक हिंसाले जरा गाडेर बसेको छ । सिमित घटनाहरु मात्र मिडियाको सामुन्ने आउने गरेको देखिन्छ । निर्मला पन्त बलात्कारको घटना होस् या निकिसा श्रेष्ठलाई गरिएको दुर्व्यवहार या दाइजोको नाममा महिलालाई जीउँदै जलाउनुको घटना होस् ।यस्ता खालका शासन आडमा हुने घटनाको जतिसुकै छानबिन समिती गठन र विरोध गरेपनि त्यो औचित्यहिन साबित भएको छ ।
कानुनको निर्माण मात्र नभई यसको उचित तरिकाले कार्यन्वयन हुन जरुरी देखिन्छ । यसैगरी मानिसहरुको मानसिकतामा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । सामाजमा महिला पिछडिएको वर्ग र तेस्रोलिङ्गी प्रती गरिने व्यवहार र हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ ।
केहि समय अघि १६ दिने महिला हिंसा विरुद्ध अभियान चलाइयो । सिमित अग्रसर महिलाहरुलाई मात्र नभई स्थानीय स्तरमा पछि परेको व्यक्ति सम्म यस्तो कार्यक्रमको प्रभाव पार्न सक्नुपर्छ । अन्यथा यस्तो कार्यक्रमको कुनै औचित्य देखिदैन । यसैगरी सञ्चार माध्यमले पनि लैङ्गिक हिंसा न्यूनीकरण गर्ने खालको जनचेतनामूलक कार्यक्रम सन्चालन गर्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द