Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

बन्दाबन्दी र बालबालिकाको भविष्य

हामीमध्ये कति अभिभावकलाई यसमा चिन्ता लागेको हुन सक्छ कि समयको कसरी सहि ब्यबस्थापन कसरी गर्ने ?

User Photo सोमवार, अशोज १९, २०७७
लम्की, कैलाली ।

बन्देजमा रहनु हामी युवा तथा प्रौढहरुका लागि त गाह्रो कुरा हो भने बालबालिकाका लागि त झन् गाह्रो कुरा हो । बन्दाबन्दीमा रहनुपर्दा बालबालिकाहरुमा हामीले सोचेभन्दा फरक र हामीलाई चित्त नबुझ्ने खालका बानीको विकास भएको बेला छ ।

हाम्रा बालबालिकाहरु अघिपछीभन्दा बढी समय ईन्टरनेटमा बिताइरहेका छन् । हामीमध्ये कति अभिभावकलाई यसमा चिन्ता लागेको हुन सक्छ कि समयको कसरी सहि ब्यबस्थापन कसरी गर्ने ? यो समयमा बालबालिकालाई पढाई लेखाइमा कसरी संलग्न गराउने ? कसरी नयाँनयाँ कुरा सिकाउने ? कसरी राम्रो बानी व्यवहार सिकाउने ? माया ममता कति दिने भन्ने कुरामा लचकता पनि हुन सक्छ ।

त्यसैले, आवश्यक मनोशारिरीक विकासका लागि बालबालिकालाई उनिहरुको क्षमता अनुसारको जिम्मेवारी र चुनौतिको पहिचान गराउनु जरुरी हुन्छ ।

यो समयमा बालबालिका बाहिर जान पाएका छैनन्, आफन्तसँग भेट्न पाएका छैनन् । घरभित्रै मात्र बसिरहँदा बालबालिकाहरुले एक किसिमको असहजका साथै नमिठो बन्देज महसुस गरिरहेका हुनसक्छन् । यसले उनिहरुको ब्यवहारमा धेरै नचाहिदो किसिमको परिवर्तन पनि देखिन सक्छ । अह्राएको नमान्ने, सल्लाह सुझाव नसुन्ने, समयमा गृहकार्य नगर्ने, बढी मोबाइल चलाउने, टि.भि. हेर्ने, बढी सुत्ने, त्यत्तिकै झनक्क रिसाउने, बढी खाने वा खान नमान्ने जस्ता क्रियाकलाप हामी अनुभव गरिरहेका छौँ ।

यस्तो बेलामा हामीले बालबालिकालाई के गर्न सक्छौं त? हामी बालबालिका जस्तै बनेर संगै खेल्न सक्छौं, उनीहरुलाई कथा, कविता सुनाउन सक्छौं, घरायसी काममा सहभागी बनाउन सक्छौं,उनिहरुसंगै बढी भन्दा बढी समय व्यतीत गर्न सक्छौ । यो समयमा हामीले उनीहरुमा आएको स्वाभाविक परिवर्तनलाई भने स्विकार्नु जरुरी हुन्छ । बालबालिकाको मन धेरै संबेदनसिल एवं कोमल हुन्छ ।

यी कलिला बालबालिकामा सम्भावनाका छुट्टाछुट्टै आयाम, क्षमता र मनोविज्ञान लुकेको हुन्छ । यो हामी अभिभावकले सधैं ध्यानमा राखिरहनुपर्ने पक्ष हो । बालबालिकाहरु स्वभावतः जिज्ञासु र चञ्चले हुन्छन् । उनिहरु हरेक कुरा जान्न, बुझ्न, र सिक्न आतुर हुन्छन् । त्यसैले उनिहरु हरेक कुरा जान्न, बुझ्न, देख्न, सिक्न, छुन चाहन्छन् । यस्ता क्रियाकलापहरुले उनीहरुको मानसिक, शारीरिक र संवेगात्मक पक्ष ठिक छ भन्ने संकेत दिन्छ। उनिहरुले सोधेका प्रश्नलाई ध्यान दिएर सुनौं ।

उनिहरुको चञ्चलता र जिज्ञासालाई स्वीकार गरेर हामीले उनिहरुका अधिकांश समस्याहरु समाधान गर्न सक्छौँ । उनिहरुलाई माया ममताको साथसाथै सन्तुलित आहारमा पनि ध्यान दिन सक्छौं । अधिकांश बालबालिकाहरुको वृद्धि विकास क्रमश हुँदै जान्छ तर हामी अभिभावकहरु उनिहरुले छिटोभन्दा छिटो सबै कुरा सिकुन् , बुझुन्, संस्कारवान् बनुन् भन्ने सोच्दछौँ ।

त्यसका लागि हामी लागी पर्दैनौँ र समय पनि दिदैनौँ । बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक रुपले वृद्धि विकासका लागि उनिहरुलाई अनुकुल वातावरण, सन्तुलित आहार, परिस्थिति, आवश्यक साधन, सामग्री, अपेक्षित समय, अनुसासन सिकाईको आवश्यकता पर्दछ यी सबै कुराहरुको परिपुर्ति गर्नु हामी अभिभावकको अनिवार्य दायित्व हो ।

त्यसैले यो समयमा हामी हाम्रा बालबालिकाहरुका लागि आवश्यक शैक्षिक एवम् व्यवहारिक गुणहरुको बिकासका लागि घरमा रहेका अभिभावक र प्रबिधिको प्रयोगबाट शिक्षक शिक्षिकाहरुको प्रत्यक्ष संलग्नता रहनुपर्छ ।

सुचना प्रबिधिका साधनहरु र सामाजिक संजालको प्रयोगमा निरुत्साहित गरि रचनात्मक क्रियाकलापमा जोड दिनुपर्ने देखिन्छ । यस्तो बेलामा हुने सानो लापरबाहीले बालबालिकाको जिवनमा धेरै नकारात्मक असर गर्न सक्दछ। विद्यालयमा जस्तो औपचारिक कक्षा संचालन गर्न नसकिने भए पनि केही न केही रुपमा भए पनि शैक्षिक गतिविधि संचालन गर्न सके मनोशारीरिक बिकास कायम राख्न सकिन्छ । सूचना प्रबिधिको प्रयोगमा बढी रुचि देखाउने बालबालिकालाई रचनात्मक र व्यवहारिक कार्यक्रमहरुमा प्राथमिकता दिनसके अझै प्रभावकारी बनाउन सकिन्छ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.