Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

महिला विश्वकप सेमिफाइनल समीकरण पूरा, समूह ‘ए’ बाट वेष्ट इन्डिज र इंग्ल्यान्ड छनोट

User Photo सोमवार, मंसिर ३, २०७५

काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सोमबार बिहान इंग्ल्यान्ड र घरेलु टोली वेष्ट इन्डिजबीचको नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको हो । घरेलु टोली वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्ड पनि समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

११६ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

वेष्ट इन्डिजले समूह ए को चार खेलमा शतप्रतिशत जित हात पार्दै ८ अंक बनाएर सेमिफाइनल पुगेको हो । इंग्ल्यान्डले पनि ४ खेलबाट ५ अंक बनाएर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फाइनल प्रवेशको लागि अब वेष्ट इन्डिजले समूह बी को उपविजेता बनेको अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । तयस्तै, अर्को सेमिफाइनलमा समूह बी को विजेता भारतले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.