दोस्रो पटक घरेलु मैदानमै ओमानसंग पराजित नेपाल

ओमान संगकाे दाेस्राे खेलमा नेपाल ८ विकेटले पराजित
आइतवार, माघ २६, २०७६, काठमाण्डाै । 

आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो ।

उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार गरे । इल्यास र कप्तान जिसान मक्सुदले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि ओमानको जीत सहज बनेको हो ।

दुई पटक जिवनदान पाएका अकिब इल्यासले अविजित १०९ रन बनाए । उनलाई २५औं ओभरको पाँचौ बलमा आरिफ शेख र ३३औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले क्याच छाडेका थिए ।

त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन ओडिआईमा नेपालको दोस्रो ठूलो स्कोर हो । तर घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको नेपालले ओमानी ब्याट्सम्यानको विकेट झार्न नसक्दा ७ वर्षपछि पराजित गर्ने सपना अधुरै रह्यो ।

२५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका करण केसीले पहिलो ओभर मेडन गर्दै नेपालको लागि सुदख शुरुवात गरे । तर त्यसपछि ओमानले उत्कृष्ट ब्याटिङ गर्‍यो । १० ओभरको पावरप्लेमा ओमानले कुनै विकेट नगुमाई ४१ रन जोडेको थियो । जतिन्दर सिंह र खावर अलीको ओपनिङ जोडीले ओमानलाई गतिलो शुरुवात दिएका थिए । १२औं ओभरमा कुशल मल्लले नेपाललाई पहिलो सफलता दिलाए । विकेटको खोजीमा कप्तान ज्ञानेन्द्रले शुरुमै बलरहरुलाई प्रयोग गरेका थिए । जसको नतिजा १२औं ओभरको दोस्रो बलमा कुशल मल्लले ओपनर जतिन्दर सिंहलाई बोल्डआउट गरे । जितन्द्रले ४१ बल खेल्दै ३ चौका मद्दतमा २३ रन बनाए।

त्यसपछि ओपनर खावर अली र अकिब इल्यासले ओमानको इनिङ्स सम्हाले । यी दुईले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । खावरलाई सुशन भारीले १९औं ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

तर त्यसपछि भने ओमाद्दी ब्याट्सम्यानले नेपाली बलरलाई कुनै अवसर दिएनन् । १८.५ मा ८३-२ मा रहेको ओमानका लागि उपकप्तान अकिब इल्यास र कप्तान जिसन मक्सुदले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरे । मक्सुद र इल्यासले १६७ रनको साझेदारी गर्दै ओमानलाई जितसम्म पुर्‍याए ।

इल्यासले १०९ रन बनाए । यस्तै मक्सुदले ६८ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । नेपालका लागि ओडिआईमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका मल्लले ५६ रन बनाए । यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८, सुवास खकुरेलले २२, करण केसीले १० रन बनाए । सन्दीप लामिछानेले अविजित १० रन जोड्दा डेब्यु ब्वाए कमल सिंह ऐरीले अविजित ९ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरी भने खाता नखोली आउट भए ।

पावर प्लेमा २२ रन बनाएको नेपालले कुनै विकेट नगुमाई राम्रो शुरुवात गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे । सुवास व्यक्तिगत २२ रन हुँदा पहिलो विकेटको रुपमा आउट भए । ४२ बल खेल्द १ चौका प्रहार गरेका सुवासलाई मोहम्मद नदिमले एलबीडब्लु आउट गरेका थिए ।

त्यसपछि क्रिजमा पुगेका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकसिय साझेदारी गरे । २४औं ओभरमा पारस खड्का नदिमकै बलमा सन्दिप गौडबाट क्याचआउट हुनुअघि यी दुईले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । पारसले ३४ बल खेल्दै ६ चौका १ छक्काको मद्दतमा ३८ रन बनाए । त्यसपछि कप्तान ज्ञानेन्द्रलाई साथ दिन क्रिज पुगेका उपकप्तान दीपेन्द्र मल्ल खाता नखोली आउट भए । २४औं ओभरको चौथो बलमा ३ बल खेलेका दीपेन्द्रलाई नदिमले बिलाल खानको हातबाट क्याचआउट गराए । एकै ओभरमा २ विकेट गुमाएपछि नेपाल केही दबाबमा आएको थियो । २९औं ओभरमा कप्तान ज्ञानेन्द्र चौथो विकेटको रुपमा आउट भए । आरिफ शेख र ज्ञानेन्द्र बीच २१ रनको मात्र साझेदारी भयो । नेपालको लागि दोस्रो ओडिआई अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ७६ बल खेल्द ६ चौका र १ छक्काको मद्दतमा ५६ र बनाए ।

२९औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र अकिब इल्यासको बलमा नदिमबाट क्याचआउट भए । जतिबेला नेपाल १२८-४ को अवस्थामा थियो । अघिल्लो खेलमा अर्धशतक बनाएका कुशल मल्ल र आरिफ शेखले त्यसपछि नेपालको इनिङ्स सम्हाले ।

पाँचौ विकेटका लागि यी दुई खेलाडीले ३९ रनको साझेदारी गरे । आरिफ र कुशल दुवैले समान २८ रन बनाए । दुवैलाई इल्यास ले आउट गरे । करण केसी १० रन बनाएर ४७औं ओभरको चौथो बलमा आउट भए । करण इल्यासको बलमा खावर अलीबाट क्याचआउट भएका थिए ।

विकेटकिपर विनोद भण्डारी ३५ रन बनाएर ४९ औं ओभरको तेस्रो बलमा आउट भए । रन लिँदा ढिलो दोडिएका उनलाई ओमानका विकेटकिपर सुरज कुमारले रनआउट गरे । त्यसपछि सन्दीप र कमलले नवौं विकेटका लागि १९ रनको साझेदारी गर्दै स्कोर २४९ पुर्‍याए ।

अन्तिम दुई ओभरमा २३ रन जोडेको थियो । सन्दीपले ७ बल खेल्दै १ छक्काको मद्दतमा अविजत १० रन बनाए । यस्तै कमलले ६ बल खेलदै १ दचौका मद्दतमा अविजित ९ रन जोडे ।

ओमानका लागि अलराउण्डर अकिब इल्यासले सर्वाधिक ४ विकेट लिए । यस्तै मोहम्मद नदिमले ३ विकेट लिए । १० ओभरमा

३६ रन खर्चेर ४ विकेट लिए । नदिमले ८ ओभरमा १ मेडन राख्द ४४ रन खर्चेर ३ विकेट लिए । एक विकेट भने रनआउट भएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै