रमेश वजगाइ
भाद्र ८ लम्की
समाजिक सन्जाल फेसबुकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ उपचारको विषयमा
तल्लो स्तरको टिप्पणी गरेको भन्दै कैलालीको लम्कीका बिद्यार्थी नेता हृदयराज उपाध्याय लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेविसंघमा आवद्ध विद्यार्थी नेता उपाध्यायले प्रधानमन्त्री
ओलीको तस्बिर पोस्ट गरि “मुलुक हाँक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उडछन् बिचरा जनता’’ भन्दै
लेखेका थिए ।
अपराध महाशाखा टेकुले साईबर अपराध अन्तरगत पक्राउ गर्न दिएको आदेश दिए पछि उपाध्यायलाइ नियन्त्रण गरिएको प्रहरीले बतायको छ ।
उपाध्यायले प्रधानमन्त्री को उपचारको विषयमा “मृगौलाले काम गर्न छाडे जे हुन्छ राम्रो हुन्छ शुभ समचार सुन पाइन्छ’’ भनेर स्टाटस लेखे थिए
इलाका प्रहरी कार्यलय लम्की ले भने उपाध्याय लाई पक्राउ नभइ सोधपुछका लागि मात्र प्रहरी कार्यलयमा ल्याइएको जनाएको छ ।
