Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

एमसीसी विरुद्ध अपाङ्गता भएका युवाहरू खबरदारीमा

केही राष्ट्रघाती बुँदाहरू संशोधन नभएसम्म पारित नगर्न सरकारलाई आग्रह

User Photo बिहिबार, असार १८, २०७७
काठमाण्डाै ।

एमसीसी नेपालको हितमा नभएको भन्दै यसलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा तथा खबरदारीको अगुवाइमा अपाङ्गता भएका युवाहरू पनि उत्रिएका छन् । यसै सन्दर्भमा आज अपाङ्गता भएका युवाहरूले जुम एप मार्फत खबरदारीको भेला पनि सम्पन्न गरेका छन् । उक्त अभियानका संयोजक तथा सामाजिक अभियन्ता अर्जुन रावलले एमसीसी नेपालको हितमा नभएको भन्दै भेलामा यसका केही राष्ट्रघाती बुँदाहरू संशोधन नभएसम्म पारित गर्न नहुने बताए । सोही अवसरमा उनले सकेसम्म सामाजिक दुरीको पालना नगरी हुने खबरदारीका अभियान भन्दा जुम एप मार्फत वा अन्य कुनै सामाजिक सञ्जालका माध्यमबाट खबरदारी गर्न सके राम्रो हुने सबैमा आग्रह समेत गरेका थिए ।

उनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक थियो हो र विश्वास छ भविष्यमा रहिरहने छ । यद्यपि बेलाबेलामा शक्तिशाली मुलुकहरूद्वारा नेपाललाई आफ्नो उपनिवेशमा पार्ने प्रयासहरू न भएका भने अवश्य होईनन तर ती प्रयासहरू कहिल्यै सफल भएनन् । र हुने पनि छैन । अर्को कुरा नेपाली अपाङ्गता आन्दोलन केवल अधिकार प्राप्तिका लागि मात्रै नभएर राष्ट्रियताका लागि पनि हो भनेर चिनाउनको लागि यो बेला एमसीसीलाई जस्ताको त्यस्तै पारित नहोस् भनेर खबरदारी गर्नु सचेत युवाहरूको एक कर्तव्य समेत भएकाले हामीले यो दबाब अभियान सञ्चालन गरेका हौँ । यसमा राष्ट्रियता बाहेक अरू कुनै स्वार्थ लुकेको छैन । हामी कुनै देशका विरुद्ध लागेका पनि होइनौँ । कुनै विकास निर्माणका विरोधी पनि होइनौ । तर एमसीसी सम्झौता भित्र रहेका केही राष्ट्रियता सँग जोडिएका विषयमा आवश्यक संशोधन गरेर अगाडि बढेमा त्यो नेपाल र अमेरिका दुवै देश बिचमा विश्वासको वातावरण बलियो हुन्छ कि भन्ने हाम्रो धारणा रहेको छ ।’


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.