Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

आफ्नो क्षमताले भ्याए सम्म सामाजिक काम गरि रहने छु : सामाजिक अभियान्ता थापा

User Photo शुक्रबार, असार १९, २०७७
काठमाण्डाै ।

सामाजिक काम निस्वार्थ भएर गर्न कत्ती गारो छ है ! धेरै गाह्रो सारोको बिचमा पनि केही अभियान्ता दिनरात निरन्तर सामाजिक काममा खटी रहेका हुन्छ्न । ती मध्य एक हुन चितवनका प्रकाश थापा । नाम भन्ने बित्तिकै चिनिने नाम हो । एक युवा जो आफ्नो यो उमेरमा पढाइ र करियर बनाउने भनेर लागेका हुन्छ्न तर थापा करियर र पढाइ लाई वास्ता नगरी सामाजिक काममा लागि रहेकै छ्न । कहिले कोहि असहाय अस्पताल जान नपाएर छ्टपटी रहेका हुन्छन् कहिले कोहि सडकमा बेबारिसे अवस्थामा रहेका लाई उद्दार गर्न पुग्छ्न त कहिले कोहि लाई खाना खान मुस्किल भएमा राहत लिएर तेहि पुग्छ्न ।
आफु सङ्ग भए सम्म आफै सहयोग गर्छ्न नभए दाता सङ्ग माग्छ्न जे भएपनि थापाले सुने सम्म र थाहा भए सम्म काम गर्छ्न । कुनै बेला सामर्थ्य नेपाल अभियानमा रहेर काम गर्ने थापा अहिले सक्षम नेपाल नामको संस्थाबाट सामाजिक काम गरि रहेका छ्न ।
राती दिउसो घाम पानी कहिल्यै भन्दैनन वस यिनलाई असायको सेवा गर्न पाए पुग्यो सेवा गर्न हिडिहाल्छ्न ।
बिगतमा कैलालीको मोहन्याल गाउँपालिका कचालिमा नानी बाबू पढन लाई विद्यालय नहुदा त्याहा स्कुल बनाउने अभियानमा जोडिएर स्कुल तयार पनि भयो ।
खरको झुपडीमा पढने नानी बाबू अहिले पक्की भवनमा पढछ्न ।कहिले भरतपुर अस्पतालमा पोलिएको बच्चाको उपचारमा सहयोगी बने त कहिले भोकी सुत्केरीको समस्या समाधानमा लागे,यी त प्रतिनिधि कुरा मात्र हुन यस्ता थुप्रै सामाजिक काम गरेका छ्न । यिनी भन्छ्न दुई दिनको जिन्दकी मरि लानु के छ र असहाय र दिन दुखिको सेवा गर्न पाउ । चाहे तराईमा हावा हुरि, चाहे पहाडमा बाढी आवस सहयोग जुटाएर तेहि पुगिहाल्छ्न । धेरै समय सामाजिक काममा नै हुन्छ्न ।

अहिले सडकपेटि र किनारामा रात बिताइरहेका वेबारिसे लाई उद्दार गर्नु पर्छ भन्दै लागेका छ्न। चितवन अहिले बेवारिसे व्यावस्थापन तथा पुनर्जिवन केन्द्र नामक संस्थामा आवद्ध रहेर काम गरि रहेका छन । यस्तै सोछ भएका व्याक्ती हाम्रो समाजमा धेरै भएको भए साच्चै समाज कति सुन्दर हुन्थ्यो होला।मेरो पनि सलाम छ प्रकाश जि ।।।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.