Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

कैलालीको जानकी गाउँपालिका खैरीफाँटाकी बालिका माथि चार जनाद्वारा सामुहिक बलात्कार

User Photo शनिबार, भदौ १३, २०७७
लम्की,कैलाली ।

कैलालीको जानकी गाउँपालिका वडा नं.–९ पूर्व खैरीफाँटाकी एक १४ वर्षीय बालिका  माथि चार जनाद्वारा सामुहिक बलात्कार भएको छ । गत बिहीवार राती करिव १० बजेतिर घटना भएको टिकापुर प्रहरीले जानकारी दिएको छ ।

टिकापुर प्रहरी उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए अनुसार ११ गते राती १० बजे ती बालिका नजिकै रहेको अंकलको घर बाट चार्जमा रहेको मोबाइल लिएर घर फर्किदै गर्दा नजिकै धान खेतमा लगेर बलात्कार गरेको प्रारम्भिक जानकारी पाएको बताउनु भयो ।
समाचार श्रोतका अनुसार सोही ठाउँका २० वर्षीय दीपक कडारा, १८ वर्षीय शङ्कर विश्वकर्मा, लोकेश रावत र कुमार कडाराको समुहले भदौ ११ गते राति ती किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोप छ ।
पीडित वालिकाका पक्षबाट शनिवार इलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दर्ता गराइएको छ भने बलात्कारको आरोप लागेका सबै फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूले किशोरीलाई धानवारीको तीन ठाउँमा लडाएर बलात्कार घरको घटनास्थलको प्रकृतिले देखिएको बताइएको छ ।
किशोरीको स्वास्थ्य परीक्षण समेत भइसकेको छ । बलात्कारका आरोपीहरूको खोजी कार्यलाई व्यापक बनाइएको र छिट्टै नियन्त्रणमा लिने बताएको छ ।
यता जानकी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खगेन्द्र भण्डारीले दोषीलाई हदै सम्मको कार्वाही गर्न माग गर्नु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.