Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

कोरोनाबाट नेपालमा ४९ हजारले ज्यान गुमाउन सक्ने

User Photo आइतवार, भदौ १४, २०७७
काठमाण्डाै ।

काठमाडौं- आगामी डिसेम्बरसम्म नेपालमा कोभिड-१९ संक्रमित करिब ४९ हजार व्यक्तिको मृत्यु हुनसक्ने एक अध्ययनले अनुमान गरेको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहभागी सो अध्ययनले कोरोना प्रभावबारे नेपालको यस्तो लेखाजोखा प्रस्तुत गरेको हो।शोधकर्ताहरू प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. राशिद जमान सहभागी उक्त अध्ययन प्रतिवेदनमा नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक-फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेर यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो।

अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले तयार पारेको यस्तो अध्ययन प्रतिवेदनमा गत मे महिनामा नेपालमा देखिएका कोभिड–१९ का नयाँ केस, अन्य समुदायबाट आयातित केस र समुदायस्तरमा फैलिएको संक्रमण,नेपालमा लकडाउनको अवस्था,त्यतिबेलाको संक्रमण वृद्धिदर तथा मृत्युदरका आधारमा तथ्यांकको विश्लेषण गरिएको छ। अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘यिनै आधारमा नेपालमा यो वर्षको अन्तिमसम्म ४९ हजार दुई सय जनाको मृत्यु हुनसक्छ।’तीनवटा मापदण्डका आधारमा यस्तो प्रक्षेपण गरिएको अध्ययनमा उल्लेख गरिएको छ। अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ।

न्यून अवरोध रणनीतिमा लकडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ। त्यस्तै ‘मध्यम अवरोध रणनीति’मा सुरुमा प्रतिबन्ध लगाइएको अवधि समाप्त भएपछि थप २६ हप्तासम्म विद्यालयहरु पूर्ण रुपमा बन्द गर्नुका साथै अन्य समुदायबाट आयातित केसलाई थप २६ हप्तासम्म सीमित गर्ने (सीमा र अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने) गरी सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताइएको छ।यसैगरी उच्च अवरोध रणनीतिमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र अन्य लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने सकिने पनि उल्लेख छ। यसरी गरिएको अध्ययनमा सन् २०२० को अन्त्यसम्ममा कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुनसक्ने अनुमान पनि गरिएको छ। शोध संस्था अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट बेलायत सरकारको डिपार्टमेन्ट अफ फरेन डेभलपमेन्ट (डिएफआइडी) अन्तर्गतको विभाग हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.