Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

शिर्जनसिल युवा समाज मोहन्यालको प्रवासको भारतमा संगठन विस्तार 

User Photo बिहिबार, अशोज १, २०७७
लम्की कैलाली ।

‘युवा एकता आजको आवश्यकता सकारात्मक सोचको बिकास गरौ,सभ्य नागरिक सहितको सभ्य समाज निर्माणमा हाम्रो अभियान”भन्ने नारा सहित सिर्जनशील युवा समाज केन्द्रिय कार्य समिति (मोहन्याल)ले प्रवासको भारतमा अाफ्नो संगठन विस्तार गरेको छ। संस्थाको केन्द्रिय समितिको निर्णय अनुसार बुधवार निसान भाट्को अध्यक्षतामा १३ सदस्यी नयाँ कार्यसमिति चयन गरेको हो। युवा समाजको उपाध्यक्षमा प्रेम ढकाल,तुला भुल ,सचिवमा दिनेश गौतम,सह- सचिवमा गगन बोहरा ,कोषाध्यक्षमा मिलन जैशी ,वरिष्ठ सदस्यमा तपेन्द्र बिस्ट सदस्यहरुमा राजेश देवकोटा,चित्र माझी,सुरेश जैशी,लोकराज चौलागाइ,डबल कडायत,उदय राम जैशी रहेका छन।

भारतमा रहेर पनि मोहन्यालमा सामजिक कार्य गर्ने हेतुले सक्रिय युवाहरुको पहल र सहयोग बाट मोहन्याल र मोहन्यालीको हितका लागी सकिने सामाजिक,आर्थिक तथा भौतिक सहयोग गर्ने उदेश्यका साथ भारतमा (भारत) केन्दि्य समिती बनाइएको हो ।
शिर्जनसिल युवा समाज प्रवास केन्दि्य समिती भारतका अध्यक्ष निशान भाट्ले भौगोलिक हिसाबले जटिलता र विकासको सवालमा पछाडी परेको मोहन्याल गाउपालिकामा विगत देखी नै जडा गाडेर बसेकाे भ्रस्टाचार,बनजङगलको दुरुपयोग,समाजमा रहेकाे बिकृती/बिसङगती हटाइ समुन्त समाज निर्माण गरिने बताउनुु भयो। ‘उहाले भन्नु भयो “मोहन्यालको विकाशका लागी सम्पुर्ण युवाहरु एक हुनुको विकल्प छैन”त्यसैले युवाहरु एकजुट भइ नया मोहन्यालको रुपरेखा तयार पार्ने गरी युवालाई कृषिमा समावेस गराइ ब्यावसायिक युवा बनाइने बताउनु भयो। यस्तै,युवा समाजका सचिव दिनेश गौतमले मोहन्यालको विकाशको लागी सम्पुर्ण युवाहरु एक जुट हुनु पर्ने बताउनु भएको छ।प्रवासमा रहेका युवालाइ मार्गदर्शन गर्दै अाइ पर्ने हरेको समस्यामा युवा समाज सक्रियताका साथ लाग्ने बताउनु भयो।
कैलाली जिल्लाको बिकट ठाउमा रहेको मोहन्यालमा युवा समाज सामाजिक काममा पछिल्लो समय निकै सक्रिय भएको छ। मोहन्याल र मोहन्यालीको हक हित अनुरुप कार्य गर्न,समग्र मोहन्याललाई बिकास उन्मुख बनाउन, मोहन्यालको स्रोत साधनलाइ उपयोग गरी युवाबर्ग लाइ अात्मनिर्वर बनाउने,आफ्नो गाउँठाउँ र समाजको लागी देश तथा विदेशमा रहेका मोहन्याली युवाबर्गको सहयोगमा मोहन्याल र मोहन्यालीलाई आर्थिक ,सामाजिक र भौतिक तबर बाट वलियो बनाइ गैर-राजनीती ,गैर-नाफामुखी गैर-सरकारी सामाजिक संस्था बनाउने उदेश्य युवा समाजको रहेकाे छ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.