Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

दुई चोक्टा मासु पोखिएको रिसमा हत्या भएको कुरा हामी पत्याउन सक्दैनौँ,

User Photo सोमवार, साउन २८, २०७५

भक्तपुर । गत असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ जितपुरमा हत्या भएका उमेश कार्कीको परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

भक्तपुरमा पत्रकार सम्मेलन गर्दै मृतक उमेशकी श्रीमती अनिता कार्कीले भनिन्, ‘मेरो श्रीमानले केवल दुई टुक्रा मासु पोखिदिएकाले मात्र मारिएका होइनन् ।’घटना भएको ४५ दिन बितिसक्दापनि प्रहरीले सबै अपराधी पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेको हो ।

कुनै ठूलै रिसिइवीका कारण योजना बनाएर नै आफ्नो श्रीमान्को हत्या भएको भन्दै अनिताले सत्यतथ्य बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेकी छिन् ।

उनले रड टाउकोमा हानेपछि पटक–पटक चक्कु हानेर छियाछिया हुने गरी टाउकोमा २५ भन्दा बढी चोट लाग्ने प्रहार गर्नु पुरानो रिसिइवी नै भएको उनको भनाई छ ।

‘प्रहरीको अनुसन्धानमा भनिए जस्तो दुई चोक्टा मासु पोखिएको रिसमा हत्या भएको कुरा हामी पत्याउन सक्दैनौँ,’ अनिताले भनिन् ।

पत्रकार सम्मेलनमा उनले भनिन्, ‘घोप्टीएको भनेको मासु पनि केवल चार–पाँच चोक्टा मात्र रहेछ । तल्लो तल्लामा मासु घोप्टाएको भए कसरी उहाँलाई माथिल्लो तल्लामा लगेर विभत्स हत्या गरियो ?’

घटनामो प्रकृति हेर्दा उनलाई टाउकोमा मात्र २५ भन्दा बढी चोट लाग्ने गरि छुरा हानीएको थियो ।

त्यो कुनै सामान्य रिस नभएको र विभत्स तरिकाले छोराको हत्या गरिएको मृतक उमेशका पिता कृष्ण वहादुर कार्कीले दाबी गरे ।

उक्त घटनामा संग्लन भनिएका राजेन्द्र चौधरी , बासुदेव लोहार (विक), सुकदेव लोहार (विक) र शंकर पटेललाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन नसक्नुले घटनाको रहस्य बाहिर आउन नसकेको उनीहरुको भनाई छ ।

मृतक कार्कीका बुवा, आमा, श्रीमती र दुई छोरा रहेका छन्


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.