Naya Media
शनिबार, असार २७, २०८३
| | July 11, 2026
शनिबार, असार २७, २०८३

कञ्चनपुरमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १६ बर्षिय बालक पक्राउ

शनिबार, असार २७, २०८३
काठमाण्डौ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतडामा १५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८३ असार २५ गते साँझ करिब ६ बजे ती बालकले आफ्नै घरभित्र बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको हो। घटनापछि पीडित पक्षका आफन्तले राति करिब १०:२२ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

# जवरजस्तीकरणी # पक्राउ # बालिका # सुदुरपश्चिम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.