Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

फेरि पनि प्रदीपकै जोडी जसिता

User Photo मङ्लबार, भदौ २६, २०७५

अभिनेत्री जसिता गुरुङ केही समयको ग्याप पछि फेरि चलचित्र नगरीमा फर्किएकी छन् । चलचित्र लिलिबिलीमा अभिनय गरे पछि उनी केही समय टाढा रहिन् ।

उनी टाढा चलचित्र नपाएर भएकी हुन् वा आफ्नै काममा व्यस्त थिइन ? त्यो भने उनैलाई थाहा होला, खैर जे भए पनि उनी अब पुनः चलचित्र नगरीमा फर्किएकी छन् त्यो पनि नायक प्रदीप खड्काकै जोडि बनेर । चलचित्र लिलिबिलीमा पनि यही जोडीलाई दर्शकले मन पराएका थिए ।

त्यसो त प्रदीप र जसिता अहिले एक अर्काको प्रेममा रहेको र प्रदीपलाई नसोधि जसिता कुनै चलचिमा काम नगर्ने हल्ला चलचित्र नगरीमा व्यापक छ । चलचित्र ललिबिली प्रदर्शनको समयमा नै अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम चर्चा सुरु भएको थियो । तर उनीहरु आफैँले भने यो कुरा स्वीकार गरि सकेका छैनन् ।

असोज ५ गतेबाट छायांकनमा जाने फिल्म लभ स्टेशनमा प्रदीप र जसिताको जोडी नै देखिन लागेको हो । लभ स्टोरी जनरामै निर्माण हुन लागेको यो चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन् ।

दार्जलिङ, सिक्किम लगायतका क्षेत्रहरुमा यो चलचित्रको छायांकन हुनेछ । गोविन्द शाही र प्रदीपले मिलेर यो सिनेमा बनाउन लागेका हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.