Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 26, 2026
सोमवार, बैशाख १४, २०८३

लिभरपुल र म्यानचेस्टर सिटी विजयी, टोट्टनहामलाई चेल्सीको नमिठो झट्का

User Photo बिहिबार, फाल्गुन १६, २०७५

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति शिर्ष टोली लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोट्टनहामलाई भने चेल्सीको नमिठो झट्का लागेको छ ।

घरेलु मैदानमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलले हरायो । लिभरपुलको जितमा साडियो मानेले नवौँ र २० औँ तथा भर्जील भान डायिकले ७९ औँ र ८२ औँ मिनेटमा दुई दुई गोल गरेका थिए । डिभोक ओरिजीले ६६ औँ मिनेटमा एक गोल गरेका थिए ।

अर्को खेलमा सिटीले वेस्टहाम युनाईटेडलाई १–० गोलले हरायो । सिटीको कठिन जितमा सर्जियो एग्युरोले ५९औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

लन्डन क्लब चेल्सीले बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई २–० गोलले पराजित गरेको छ ।

चेल्सीले दबदबा जमाएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ५७ औँ मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

८४औँ मिनेटमा टोट्टनहामका काइरान ट्रिपियरको ब्याकपास आत्मघाती गोलमा परिणत भएपछि चेल्सीले सहज जित हात पार्यो ।

बुधबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । अर्को गोल आस्ले योङले गरेका थिए । क्रिस्टलका लागि जोयल वार्डले सान्त्वता गोल गरेका थिए ।

आर्सनलले बर्नमाउथलाई ५–१ गोलले हरायो । आर्सनलको जितमा मेसुट ओजिल चौथो मिनेटमै खाता खोलेका थिए । हेनरिक मखितार्यानले २७औँ, लौरेन्ट कोसिएल्नीले ४७औँ, पिर्रे इमेरि औबामेयाङले ५९औँ र एलेक्जेन्डर लाकाजेट्टीले ७८औँ मिनेटमा एक एक गोल थपे । बर्नमाउथका लेस मोउसेन्टले ३०औँ मिनेटमा सात्वना गोल फर्काएका थिए ।

बुधबारको खेलसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सिटीको समान खेलबाट ६८ अंक पुगेको छ । चेल्सीसँग हारेपनि टोट्टनहाम ६० अंक सहित तेस्रो स्थानमा यथावत छ । ५६ अंक बनाएको आर्सनल चौथो, ५५ अंक बनाएको युनाइटेड पाँचौं र ५३ अंक बनाएको चेल्सी छैटौं स्थानमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.