Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो

User Photo आइतवार, चैत्र २४, २०७५

बारा। फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो बादल ।

रामसुन्दरजस्तै हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको चिन्ता साँझ पर्न नपाउदै वास्तविकतामा परिणत भयो । दिउसो हल्का मात्र बर्षा भएको हुरी प्रभावित क्षेत्रमा साझ ६ बजेबाट हावाहुरीसहित भिषण बर्षा भयो । साँझ छिप्पिदै जादा बढेको बर्षाले हुरी प्रभावितलाई थप बिचल्लिमा पा¥यो ।

बर्षाले राहतमा पाएका अन्नपात र लत्ताकपडा बर्षाले भिजाएर नष्ट ग¥यो भने बस्ने÷सुत्ने ठाउँसमेत हिलाम्मै बनायो । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीका भनाइ छ ।

राहतमा पाएको सामान भिजेकोमा भन्दा पनि पटकपटकको बर्षा र हुरीले पिडितलाई आतङ्कित पारेको फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दास बताउनुहुन्छ । ‘फेरि आइतबारको जस्तै हुरीबतास आउने हो कि भनेर सबै त्रसित छन, उनी भन्छन्, हुरीले बनाएको घाउमा बस्न लागेको खाटा उक्किएजस्तै भएको छ ।’ नेपाल समाचारपत्र


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.