Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

एसईई पछीकाे भय, चुनाैती र तयारीः यस्ताकाममा लाग्नु र लगाउनु उपलब्धीमुलक

User Photo आइतवार, चैत्र २४, २०७५

एसईई परीक्षा सकिएको छ । कुनैबेला ‘फलामे ढोका’ भनेर मनोवैज्ञानिक रुपमा त्रसित बनाउने यो परीक्षासँग अहिले विद्यार्थी त्यती भयभित छैनन् । यद्यपी यो विद्यालय तहको अन्तिम परीक्षा हो । यसपछि विद्यार्थीहरु उच्च शिक्षाको तयारीमा जुट्नेछन् ।

विद्यालय तहको पढाई विट मार्दै गर्दा विद्यार्थीमा केही उत्साह र केही विस्मय पनि हुनेगर्छ । उत्साह यसकारण कि, अब उनीहरुले पढाईको नयाँ अध्याय सुरु गर्नेछ । विस्मय यसकारण कि, विद्यालय तहका रमाइला पलहरु अब दोहोरिने छै्नन् ।

१० बर्षसम्म एउटै कुर्सीमा बसेका साथीहरु छुट्नेछन् । त्यो कक्षाकोठा, ति शिक्षक, ति साथीसंगी, छुट्नेछन् । आफुले लगाउने युनिर्फम, आफुले बोक्ने टिफिन बक्स, आफुले भिर्ने स्कुल ब्यागप्रति पनि एक किसिमको अट्यामेन्ट हुन्छ । विद्यालय तह सकाएपछि ति सबै छुट्छन् ।

अब उनीहरुले उच्च शिक्षाको तयारीमा जुट्नुपर्नेछ । यद्यपी त्यसबीचमा उनीहरुले लामो फुर्सद पाउनेछन् । कक्षा एक देखि १० सम्म अविछिन्न पढाईपछिको यो लामो फुर्सद हो । विश्राम हो । त्यसअघिसम्म उनीहरु निरन्तर पढाई, होमवर्क, क्लासवर्क, परीक्षाको अवस्थाबाट गुजि्रए । पाठ्यक्रम, कक्षाकोठा भन्दा बाहिरको संसार हेर्ने फुर्सद भएन ।

एसईई दिइसकेपछिको समय भने उनीहरुको लागि विश्रामको बेला हो । परीक्षाको नतिजा आउन अझै समय लाग्छ । नतिजा पछि नै त बाँकी पढाईको सिलसिला जारी हुने हो । त्यसबीचमा चाहि के गर्ने त ?

परीक्षाको ह्याङओभरबाट उम्किएर

एसईई दिइसकेपछिको समय पक्कैपनि उनीहरुले फुर्सदिलो अनुभूत गरेका होलान् । अतः उनीहरु परीक्षाको ह्याङओभरबाट उम्किएर विन्दास रमाउने मुडमा होलान् ।

पक्कैपनि यतिबेला उनीहरुलाई मानसिक विश्राम चाहिएको छ । अब उनीहरुले पढाई, होमवर्क सबैलाई चटक्कै छाडेर मुड फ्रेस गर्नु उपयुक्त हुन्छ ।

यसका लागि घुमफिर गर्न सकिन्छ, साथीभाईसँग खेलकुदमा लाग्न सकिन्छ, फिल्म हेर्न वा मनोरञ्जन गर्न सकिन्छ, घतलाग्दा पुस्तक पढ्न सकिन्छ, कुनै रचनात्मक काममा लाग्न सकिन्छ, सानोतिनो काम गर्न सकिन्छ, आमाबुवाको काममा सहयोग गर्न सकिन्छ, खेतीबालीको काममा रमाउन सकिन्छ । अनेकन काइदा छन्, परीक्षाको ह्याङओभरबाट मुक्त हुने ।

बाटो बिराउने भय

एसईई परीक्षा दिने बेला अर्थात कक्षा १० पढ्ने विद्यार्थी भनेका उमेरले १४ देखि १६ बर्ष उमेरका हुन् । यो भनेको मस्त किशोरवयको बेला हो ।

किशोरवय मानविय संवेगका हिसाबले संवेदनशिल मानिन्छ । यतिबेला उनीहरुमा जति जोश, जाँगर, उर्जा, शक्ति हुन्छ उत्तिनै बहकिने मन पनि । अर्थात किशोरवयमा उनीहरुको मनमा अनेक उथलपुथल हुन्छ ।

शारीरिक परिवर्तनको चरण हुने भएकाले पनि यस अवस्थालाई संवेदनशिल मानिन्छ । यतिबेला उनीहरुको मन विपरित लिंगतिर आकषिर्त भइरहेको हुन्छ । यौनप्रति एक किसिमको उत्सुकता जागेको हुन्छ । अर्कोतिर करियर र पढाईको चाप पनि हुन्छ । त्यसैगरी अभिभावकको निगरानी हुने यो चरणमा उनीहरु चाहि उन्मुक्त हुन खोजिरहेका हुन्छन् । यस किसिमको शारीरिक तथा मानसिक उथलपुथलले उनीहरु एउटा फरक मोडबाट गुजि्ररहेका हुन्छन् ।

अतः यतिबेला उनीहरु फुर्सदमा छन् । परीक्षा सकिएको उत्साहमा उनीहरु बढी वहकिन सक्छन् । रमाइलो गर्ने बाहानामा बाटो विराउन सक्छन् ।

उनीहरु घरपरिवारबाट उम्किएर कतै टाढा जाने, साथीभाईसँग विन्दास रमाउने योजना बनाइरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरु ख्यालख्यालैमा मदिरा, चुरोट आदि सेवन गर्न सक्छन् । पछि यसको तलतल लाग्न सक्छ । कतिपय अवस्थामा उनीहरु खराब संगतमा पुग्ने भय पनि रहन्छ ।

त्यसैगरी अहिले भिडियो गेमको लतमा पर्न सक्ने भय पनि रहन्छ । उनीहरु भर्चुअल संसारमा बढी रमाउन खोज्छन् । भिडियो गेम खेल्ने, युट्युवमा अनेकन भिडियो हेर्ने, फेसबुकमा तल्लिन हुने जस्ता बानी बस्न सक्छ । यस्तो बानी पछि लतमा परिणत हुन्छ । लत लागेपछि त्यसबाट उम्काउन निकै गाह्रो हुन्छ ।

त्यसैले परीक्षा पछिको फुर्सदमा उनीहरुलाई यस्ता कुरामा प्रेरित गर्नुपर्छ कि, जहाँ उनीहरु उन्मुक्त रमाउन सकोस् । साथसाथै उपयोगी कुरा सिक्न पनि ।

फुर्सदमा के गर्ने ?

उनीहरुलाई टिभी हेर्न, मोवाइल चलाउन, फेसबुक चलाउन, गेम खेल्न सबै छुट छ । साथीहरुसँग घुमफिर गरे पनि भयो । फिल्म हेर्न गए पनि भयो । पुस्तक पढ्ने, खेल खेल्ने सबै छुट छ । यद्यपी यी कुराहरुमा एउटा सीमा तय गरिदिनुपर्छ ।

विहानदेखि एउटै कुरामा तल्लिन भएर लाग्न दिनु हुँदैन ।

बरु उनीहरुलाई घरको काममा प्रेरित गरौं । कुनै रचनात्मक काममा प्रेरित गरौं । सामाजिक काममा सहभागी गराऔं ।

घरासयी काम सिकाउने कि ?

उनीहरुलाई भान्साको काम सिकाउन सकिन्छ । कसरी खाना पकाउने, कसरी तरकारी काट्ने, कसरी भाँडावर्तन सफा गर्ने, कसरी कुचो लगाउने । यस्ता कामले उनीहरुको क्षमता विकास हुन्छ । श्रमको मूल्य बुझ्छन् । घर परिवारमा सहयोग गर्ने संस्कार बन्छ ।

भोलि उनीहरु घर परिवारभन्दा बाहिर बसेर पढ्न सक्छन् । अब्रोड स्टडीका क्रममा समुद्र पारका मुलुकमा पुग्न सक्छन् । त्यसबेला उनीहरुले आफै खाना पकाउन, सफा गर्नुपर्ने हुन्छ ।

फुर्सदमा बसेका छोराछोरीलाई तपाईंले बगैंचाको काममा, खेतीको काममा पनि प्रेरित गर्न सक्नुहुनेछ । कतिपय किसानका छोराछोरी होलान् । खेती किसानीको कामबाट पनि उनीहरुले धेरै जीवनापयोगी कुरा सिक्छन् ।

कतिपय अभिभावक व्यापार व्यवसाय गर्दा हुन् । कसैको आफ्नो उद्यम होला । आफुले गरिरहेको काममा छोराछोरीलाई सहभागी गराउन सकिन्छ ।

छोराछोरीको रुची एवं सौख

यतिबेला आफ्ना छोराछोरीको रुची र शौख पुरा गर्न पनि सकिन्छ । जस्तो कोही चित्रकलामा चासो राख्छन्, कोही फुटबल खेल्नमा । कसैको गायनमा सौख छ, कसैको अभिनयमा ।

यस्ता रुची एवं सौखहरु पुरा गर्ने समय पनि हो । अतः अभिभावकले उनीहरुलाई खुला रुपले त्यसको अनुकुल वातावरण बनाइदिन सक्छन् । यदि कोही प्रशिक्षण लिन चाहन्छन् भने उनीहरुलाई त्यसका लागि आवश्यक सहयोग गर्न सकिन्छ ।

हरेकको आ-आफ्नै जन्मजात खुबी, क्षमता हुन्छ । उनीहरुको इच्छा र सौखबाट पनि उनीहरुको दक्षता के कुरामा छ भन्ने मूल्यांकन गर्न सकिन्छ ।

खेलकुदमा लगाउने कि ?

आफ्ना छोराछोरीलाई खेलकुदमा प्रेरित गर्नुहोस् । अहिले धेरैजसो बच्चाहरु मोवाइल वा ल्यापटपमा गेम खेलेर समय विताउँछन् । उनीहरुलाई आउटडोर गेममा प्रेरित गरौं । यसले गर्दा उनीहरुमा मोवाइल, ल्यापटपको गेमको आशक्ति छुट्छ । आउटडोर गेमले उनीहरुको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ ।

फुटबल, क्रिकेट, भलिबल, टेनिस जस्ता कुनैपनि खेलमा छोराछोरीलाई प्रेरित गर्न सकिन्छ । साथै मार्सल आर्ट जस्ता खेलहरुमा पनि लगाउन सकिन्छ । यसले उनीहरुको शारीरिक विकास मात्र हुँदैन, अन्य किसिमको क्षमता विकास पनि हुन्छ ।

घतलाग्दो पुस्तक पढाउने

हुन त परीक्षाको ह्याङओभर नहट्दै उनीहरुलाई पुस्तकमा ध्यान दिन गाह्रो हुन्छ होला । यद्यपी कतिपय बिद्यार्थी पढ्नमै रुची राख्ने हुन्छन् । खासगरी आफ्नो पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरुमा उनीहरुको चासो र लगाव हुन्छ । जस्तो कुनै वायोग्राफी, प्रेरणादायी पुस्तक, उपन्यास, कथा आदि ।

अहिले बजारमा धेरै स्तरिय पुस्तकहरु पाइन्छन् । छोराछोरीको रुची अनुसार पुस्तक पढाउन सकिन्छ । यसले उनीहरुको बौद्धिक क्षमता विकास हुन्छ । साथै पठन संस्कृति पनि ।

घुमफिरमा पठाउने

घुमफिर गर्नु भनेको गजब काइदा हो, फुर्सदिलो समय कटाउने । केही दिनको फुर्सदमा आफु बसेको आसपास भन्दा टाढाको यात्रा गर्न सकिन्छ । कुनै ऐतिहासिक स्थल हुनसक्छ, कुनै पर्यटकिय । कुनै धार्मिक स्थल हुनसक्छ, कुनै पौराणिक महत्वको स्थल ।

त्यसो त आफन्त, इष्टमित्रकहाँ पनि जान सकिन्छ । घुमफिरले मुड फ्रेस हुन्छ । साथसाथै नयाँ नयाँ अनुभव पनि हासिल हुन्छ ।

सीप विकास गर्ने

सीप चाहे जेसुकै होस, जीवनमा काम लाग्छ । हामीले आर्जन गरेको सीपले हाम्रो जीवनलाई सहज बनाउँछ ।

जस्तो तपाईं कम्प्युटरमा आफ्नो दक्षता बढाउन सक्नुहुन्छ । ग्राफिक्स, एनिमेसन, टाइपिङ, अकाउन्टिङ जुनसुकै कुरामा आफुलाई पोख्त बनाउन सकिन्छ । ड्राइभिङ सिक्न सकिन्छ । कुलिनरी आर्ट अर्थात खानेकुरा पकाउने कला सिक्न सकिन्छ । मार्केटिङ गर्ने काम पनि सिक्न सकिन्छ । यतिबेला कतिपय छोटो अवधीको कोर्स पनि सञ्चालन भइरहेको हुन्छ ।

आफुमा सीप विकास गर्नु भनेको आफुलाई थप बलियो र सक्षम तुल्याउनु हो ।

ब्रिजकोर्स गर्ने

यो फुर्सदमा बि्रजकोर्स गर्न सकिन्छ । वि्रजकोर्सका लागि शहरमा विभिन्न इन्स्िटच्युटहरु सञ्चालित छन् । यद्यपी त्यसमध्ये कुन बढी प्रभावकारी र विश्वसनिय छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।

बि्रजकोर्सले विद्यालय तह र उच्च शिक्षाबीचको ग्याप मेटाइदिन्छ । उच्च शिक्षा धेरै बोझिलो लाग्नेछैन । किनभने बि्रजकोर्सले उच्च शिक्षामा गर्नुपर्ने पूर्व तयारीहरु गराइदिन्छ ।

विभिन्न कम्प्युटर काेर्स, व्रिज काेर्स, इग्लिस कक्षाहरूका लागी सम्पर्क गर्नुहाेला ।

Professional Training & Education Consultancy (Click Here)


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.