Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

प्रधानमन्त्रीलाई कालाे झण्डा, प्रम ओलीले सम्बोधन रोकेर ‘सुरक्षाकर्मी कता छ ‘ भनेपछि…..

पाँच तहको सुरक्षा घेरा तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ

User Photo शनिबार, बैशाख ७, २०७६

पाँच तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए ।

यद्यपी सुरक्षा घेरा तोड्दै खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी कालो झण्डा देखाएका थिए। उनी ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरेर कालो झण्डा देखाएका थिए। कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे भएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ। सुरुमा सुरक्षाको नजरमा नपरेका उनलाई प्रधानमन्त्रीले सम्बोधन रोकेर ‘सुरक्षाकर्मी कता छ ‘ भनेपछि मात्रै समातेर लगिएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.