Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

खुलामञ्च कब्जा गर्न किर्ते कागजपत्र, सहमतिपत्र नै फरक-फरक

किर्ते कागजपत्रमा प्रशासन विभागका विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीकाे हस्ताक्षर

User Photo शुक्रबार, बैशाख १३, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाले कीर्ते कागजपत्र तयार गरेर खुलामञ्च प्रयोग गर्न दिएको तथ्य बाहिरिएकाे छ । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालि’ बीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रको व्यहोरा नै फरक-फरक छ ।

एउटामा सहमतिपत्रमा स्वीकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ भने अर्कोमा त्यसरी संरचना बनाउन नपाइने उल्लेख छ ।

सहमति पत्रको नवौं बुँदामा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले मिति ०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छ ।’

महानगरपालिकासँग भएको अर्को सहमति पत्रमा ‘छ’ लाई केरेमेट गरेर ‘छैन’ भन्ने थपिएको छ । हातले केरेर ‘छैन’ लेखिएको ठाउँमा हस्ताक्षर पनि छैन ।

जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्ससँग भएको सहमति पत्रको फोटोकपीमा भने केरमेट गरिएको छैन । पत्रमा बकाईदा नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने उल्लेख छ । सरसर्ती हेर्दा महानगरपालिकासँग भएको कागजमा कीर्ते गरेको देखिन्छ ।

कसको छ हस्ताक्षर ?

सहमतिपत्र हेर्दा यो कीर्ते जनप्रतिनिधि आउनुभन्दा पहिला नै कर्मचारीहरूले गरेको देखिन्छ । महानगरपालिकाको तर्फबाट कीर्ते कागजपत्रमा प्रशासन विभागका विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् । ठेकेदारको तर्फबाट बिल्डर्सका कार्यकारी अध्यक्ष मनोज भेटवालको हस्ताक्षर छ ।

राजस्व महाशाखा प्रमुख महेश काफ्ले र निजी साझेदारी इकाइ प्रमुख सुमन अधिकारी साक्षी बसेका छन् । बिल्डर्सकी लेखा प्रमुख गीता भट्ट पनि साक्षी बसेकी छन् ।

यसैलाई आधार बनाएर भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएका छन् ।

उनले सार्वजनिक स्थानमा बनाएको प्रतिसटर ११ लाख सलामी लिएर बिक्री गरेको त्यहाँका व्यापारीहरूले जानकारी दिएका छन् । सटर बनाउनुअघि नै भेटवालले पाँच करोड अगि्रम भुक्तानी लिएका थिए । याे समाचार अनलाइन खबर डटकममा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.