Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

पर्यटक भिषामा नेपाल आएका पाकिस्तानी दम्पतीकाे चाेरी धन्दा, दुइ पक्राउ

पैसाकाे विटो देखाउन लगाएर चोरी

User Photo बुधबार, जेष्ठ १, २०७६
काठमाण्डाै ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले चोरीमा संलग्न भएको आरोपमा पाकिस्तानी दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. क्यूडब्लू ४१०२६४३ वाहतक मोसिन खान र एइ ०११०९४३ वाहक पूजा मोसिन खान छन् । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार २९ वैशाखमा भक्तपुरको सूर्यविनायकमा उनीहरुले आफूसँग यूएस डलर भएको बताउँदै चोरी गरेका थिए ।

‘डलरको बहाना गरेर नेपालको सबैभन्दा ठूलो नोट हेरौं भन्दै उनीहरुले एक हजार दरको नोटको विटो देखाउन लगाएर ३० हजार रुपैयाँ चोरी गरेको उजुरी परेको थियो’, उनी भन्छन् ।

पाकिस्तानी दम्पत्ति यतिमा मात्र सीमित रहेनन् । सूर्यविनायकमा चोरी गरेर भागेका उनीहरु लोकन्थली आए । र, उस्तै शैली प्रयोग गरेर किचन स्टोर्सबाट ७० हजार रुपैयाँ चोरी गरे ।

उनीहरुले रुपन्देही पुगेर पनि राइजिङ स्पोर्टस् ग्यालीबाट पनि १ लाख ५० हजार रुपैयाँ चोरीको प्रयास गरेको एसएसपी थापा बताउँछन् ।

‘हामीलाई सूचना प्राप्त हुने वित्तिकै उनीहरुले प्रयोग गरेको बा१९च ७४ नंम्बरको कार सिनामंगलमा बरामद गरिएको थियो’, थापाले भने, ‘रुद्र भ्यू होटलमा कार भेटिएपछि जेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका थिए ।’

उनीहरुको साथबाट ५० दरका १७ र एक सय दरका २१ थान यूएस डलर, पाकिस्तानी मुद्रा ८ सय र नेपाली रुपैयाँ एक लाख ३७ हजार ५ सय बरामद भएको थियो ।

अध्यागमन विभागको रेकर्ड अनुसार उनीहरु एक महिनाअघि मात्रै पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । थप अनुसन्धान महानगरीय प्रहरी वृत्त, ठिमीले गरिरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.