काठमाडौं। काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।
उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ ।
काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि तत्काल उनलाई काठमाण्डौ काडाघारी सनसिटीवाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता होबिन्द्र बोगटीले वताए ।उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाण्डौ प्रहरी तत्कालै परिचालित भएको थियो ।
