Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

ढिलो चाँडो नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा आउनेछन- प्रचण्ड

User Photo आइतवार, जेष्ठ १९, २०७६
काठमाण्डाै ।

नेकपा अध्यक्ष प्रचण्डले ढिलो चाँडो नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा जोडिनै पर्ने दावी गरेका छन् । विप्लव समूहको पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले विप्लव नेकपामा आउनै पर्ने बताए ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आइतबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘पदम राईको प्रवेश पछिल्लो कडी हो, यो रोकिनेवाला छैन, एक दिन विप्लव पनि जोडिनैपर्छ ।’

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए । उनी विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए ।जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा पनि उनी सहभागी भएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.