Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

मेयर चौधरीलाई आत्मआलोचना गर्न सुझाव

User Photo बुधबार, जेष्ठ २२, २०७६
काठमाण्डाै ।

सार्वजनिक अभिव्यक्तिका कारण आलोचित बनेका ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले आत्मआलोचना गर्न सुझाव दिएका छन् ।

पत्रकार तथा अन्य कतिपय व्यक्तिबारे सार्वजनिक धारणाको विषयमा टिकाटिप्पणी हुन थालेपछि नेताहरूले चौधरीलाई सच्चिन आग्रह गरेका हुन ।

प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका छन् ।

‘द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन्’ मुख्मन्त्री पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुबै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’

नेकपाकै अर्का नेता योगेश भट्टराईले पनि चौधरीका कतिपय अभिव्यक्तिहरू उनको राजनीतिक उचाईलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन् । भट्टराईले लेखेका छन्, ‘तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मआलोचना गरी पदीय गरिमा र पार्टीको प्रष्तिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई बिनम्र अनुरोध गर्दछु ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.