Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सुदुरपश्चिममा फेरी भिषण हावाहुरी, तीन दिनसम्म सचेत रहन माैसम विभागकाे आग्रह

User Photo बुधबार, जेष्ठ २९, २०७६
काठमाण्डाै ।

केही दिन अघि मात्र हावाहुरीले ठूलो क्षति पु-याएको कैलाली-कञ्चनपुरमा बुधबार बिहानै हावाहुरी सुरु भएको छ। बिहानै भीषण हावाहुरीसहितको वर्षा भएपछि स्थानीय त्रसित भएका छन्। यस अघि बिहीबारको हावाहुरीले घरबार विहिन भएकाहरुलाई बढी समस्या भएको कैलालीका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। घरको पर्खाल र छानो भत्किएर खुल्ला आकाशमुनी त्रिपाल टागेर बसेकाहरु बिचल्लिमा परेका छन्।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए। एक हप्ता देखि विद्युत अबरुद्द हुदा गर्मीले आजित भएका तराईबासीले पानी परेपछि भने सितल महसुस गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.