Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

चलचित्रका लागि प्रदिप खड्कासँग कुरा भएकाे छैन- सिताराम कट्टेल (धुर्मुस)

User Photo बुधबार, असार १८, २०७६
काठमाण्डाै ।

अहिले हाँस्य कलाकारहरु चलचित्र बनाउन जोडतोडका साथ लागिरहेका छन् । हाँस्य चलचित्र चलिरहेको समयमा दर्शकको साथ पाउने अपेक्षा उनीहरुको छ । यही क्रममा, हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने भनेको पनि एक बर्ष भैसकेको छ । तर, यो जोडीले अझै चलचित्रको घोषणा गर्न सकेको छैन ।

यसैविच, यो जोडीले बनाउन लागेको चलचित्रमा निर्देशक रामबाबु गुरुङ भित्रिएको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा धुर्मुस भन्छन्–‘हामीले रामबाबुजी लगायत केही निर्देशकसँग प्रारम्भिक चरणमा छलफल गरेका छौ । तर, चलचित्रलाई कसले निर्देशन गर्ने पक्का भैसकेको छैन ।’

उनले अगाडि भने–‘अब चलचित्रको नाम एन्टिभाइरस’ पनि नहुनसक्छ । हामीले अहिले नयाँ नाममा काम गरिरहेका छौ ।’ चलचित्रका लागि नायक प्रदिप खड्कासँग अहिले कुरा नभएको उनले सुनाए । धुर्मुसले भने–‘चलचित्रको स्क्रिप्ट फाइनल भएपछि हामी घोषणा गर्नेछौ । हामीले आधिकारिक रुपमा घोषणा नगरेसम्म धेरै कुरामा विश्वास नगर्न आग्रह गर्दछु ।’

विशेषगरि, चलचित्र बनाउने चर्चा चलिरहँदा सिताराम र कुञ्जना सामाजिक सेवामा व्यस्त भए । यसकारणले गर्दा पनि चलचित्रको काम अगाडि बढ्न नसकेको हो । चलचित्रको तयारी अगाडि बढिरहेको सुनाउँदै सितारामले छायांकनमा साउन–भदौबाट जान सक्ने संकेत गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.