कैलालीको लम्की चुहा नगरपालिकामा सुरु भएको १६ दिने महिला हिंसा बिरुद्धको अभियान आज समापन गरिएको छ । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १ भुरुवा बाट सुरु भएको अभियान आज लम्किमा समापन गरिएको हो । समाजमा हुने विभिन्न महिला हिंसा लाई कम गर्न नगरपालिका भरी महिला हिंसा बिरुद्ध अभियान केन्द्रित भएको लम्की चुहा नगरपालिकाको उपमेयर टीका थापाले जानकारी दिनु भयो । लम्की चुहा नगरपालिकाकि उपमेयर टीका थापाको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कमला कुमारी वलि रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा कैलाली क्षेत्र नम्बर २ का प्रदेश सांसद रतन थापा रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कमला कुमारी वलिले महिला हिंसा कम गर्न सबै भन्दा पहिला महिला नै सचेत बन्नु पर्ने बताउनु भयो । विभिन्न हिंसाहरु महिला बाटै सुरु हुने भएकाले महिला आफू सचेत भएर समाज लाई चेतनसिल बनाउनु पर्ने बताउनु भयो । विशिष्ट अतिथि प्रदेश सांसद रतन बहादुर थापाले महिला हिंसा कम गर्न गाउगाउमा अभियान चलाउनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिती कैलाली सभापति सुर्य बहादुर थापा,महिला नेत्री शुशिला शाही,रमा बादी लगायतकाले बोल्नु भएको थियो । महिला हिंसा कम गर्न जनचेतना जगाउनु पर्नेमा बोल्ने बक्ताहरुको जोड थियो ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
