Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीको जानकी गाउँपालिकामा बाल कचहरी कार्यक्रम सम्पन्न ! 

User Photo बुधबार, पुस २, २०७६
काठमाण्डाै ।

कैलाली जिल्लाको जानकी गाउँपालिकामा आज बाल कचहरी कार्यक्रमको आयोजना गरिएको छ । जानकी गाउँपालिकाको समन्वयमा , सेवक नेपाल कैलालीको आयोजना र गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा जानकी गाउँपालिकाको तोरैयापुरमा कार्यक्रम सम्पन्न भएको हो । “बाल अधिकारको सम्बर्द्धन : नेपालमा बाल विवाहको अन्त्य ” विषयमा बाल विवाह विरुद्धको अभियानलाई सघाउ पुर्याउन स्थानीय सरकार , जनप्रतिनिधि , बुद्धिजीवी , समाजसेवी , बाल अधिकारकर्मी, शिक्षक , बालबालिका तथा सरोकारवालाहरु सबै एकै मञ्चम उभिई बालविवाह न्यूनीकरणको लागि चिन्तन मनन गर्ने र सम्बन्धित सबैको प्रतिबद्धता लिने उदेश्यले बाल कचहरी कार्यक्रमको आयोजना गरिएको हो । जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी रहनु भएको थियो । कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीम थारु , वडा नम्बर ६ का अध्यक्ष झनक बि.क. , वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण चौधरी , स्वास्थ्य संयोजक जीतबहादुर चौधरी , शिक्षा शाखा प्रमुख कलम बहादुर खडका, गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारी , सेवक नेपाल कैलालीका टीम लिडर दुर्गा ढुंगाना , शिक्षा विकास अधिकृत प्रेम चौधरी , विभिन्न्न विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले बाल अधिकार , बाल विवाह , बाल संरक्षण लगायतका विषयमा उपस्थित अतिथिहरुलाई प्रश्न राखेका थिए भने अतिथिहरुले प्रश्नहरुका उत्तर दिनु भएको थियो । कार्यक्रममा जानकी गाउँपालिकालाई बाल विवाह मुक्त गाउँपालिका घोषणाका लागि रणनीतिक योजना निर्माण गर्ने , बाल विवाह अन्त्यका लागि सरोकारवाला सबैले सामुहिक अभियान संचालन गर्ने, बाल अधिकारको सुनिश्चितताका लागि लाग्ने लगायतका बुदामा सहभागीहरुले प्रतिबद्धता समेत गरेका छन । गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारीले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा बाल अधिकारकर्मी रंगप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो । कार्यक्रममा जानकी गाउँपालिकाका सरोकारवाला तथा बालबालिका गरि करिब एक सय जना बढीको सहभागिता रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.