रमित पाण्डे / पौष १२
कैलालीको लम्किचुहा नगरपालिका ४ चौरिपुरमा रहेको जनता माध्यामिक बिद्यालयमाको १२ औ बार्षिक साधारण सभा आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितीका अध्यक्ष नेत्र सुनाखरी मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख बजगाईले ग्रामीण भेगमा विद्यालयले प्राबिधिक शिक्षा कृषि प्राबिधिक संचालन गरेकोमा प्रसंशा गर्दै अब स्कुले शिक्षामा प्राबिधिक विषयहरु लाई जोड दिनु पर्ने बताउनु भयो । नगर सरकारले शिक्षा क्षेत्रमा विशेष प्रकारका योजन ल्याउन लागेको जानकारी दिनु भयो र बिद्यालयलाई आफ्नो तर्फ बाट भरपुर सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लाल बहादुर बोगटी,मोहन्याल गाउपालिका वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारी लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक रोशन बोहराले गर्नु भएको थियो ।
