Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीको लम्किमा छात्रा भलिबल प्रतियोगिता २०७६ आजबाट सुरु 

User Photo बुधबार, माघ ८, २०७६
काठमाण्डाै ।

रमित पाण्डे माघ ८ / लम्की

स्वस्थ शरीर स्वस्थ मस्तिष्क सुन्दर भावना छोरिलाई अगाडी बढाउ हाम्रो चाहना भन्ने मुल नाराका साथ कैलालीको लम्किमा छात्रा भलिबल प्रतियोगिता २०७६ आजबाट सुरु भएको छ । छोरिका लागि छोरी नै अभियान लम्की संयोजक निलम सर्मा को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाई रहनु भएको थियो । भने कार्यक्रमको बिशिस्ट अतिथिमा छोरिका लागि छोरी नै अभियानकि केन्द्रिय अध्यक्ष लक्ष्मी नराल रहनु भएको थियो। कार्यक्रममा बोल्दै लम्किचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले भलिबल प्रतियोगिताको सफलताको सुभकामना दिदै आगामी दिनमा नगरपालिकाले पनि महिला लक्षित खेलकुद प्रतियोगिता गर्ने सोच बनाएको जानकारी गराउनु भयो । कार्यक्रममा बिशिस्ट अतिती लक्ष्मी नरालले छोरिका लागि छोरी नै अभियानमाले छोरिलाई अगाडि बढाउन विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा ससक्त भएर काम गर्ने बताउनु भयो ।

कार्यक्रममा लम्किचुहा खेलकुद विकास समिती संयोजक चक्र खनाल,लम्की जेसिस अध्यक्ष बबिता पाण्डे,महिला नेतृ गिता गडतोल,युथ लिडर सीप कर्नर लम्की अध्यक्ष कृष्ण बटाला,नेपाल रेडक्रस सोसाइटी बलिया उपसाखा सभापति रंग प्रसाद तिमिल्सेना लगायतकाले बोल्नु भएको थियो । टिम दर्तामा कुनै पनि सुल्क नलिएको आयोजकले जानकारी दिएको छ । खेलकुदको माध्यामबाट एक शन्देश दिन खोजेको आयोजकले बताएको छ । छोरिका लागि छोरी नै अभियान लम्की कैलालिको आयोजनामा कार्यक्रम भएको हो । प्रथम दोस्रो र तेस्रो हुने टोलिले क्रमस नगद पन्ध्र हजार मेडल प्रमाण पत्र, दश हजार मेडल प्रमाण पत्र र पाँच हजार नगद र प्रमाणपत्र पाउनेछ्न । छोरिका लागि छोरी नै अभियान लम्किको उप संयोजक तुल्सी सन्ज्यालको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन भुमिका रिमालले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.