Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

कोरोना संक्रमणका कारण अत्यावश्यक औषधि समेतकाे अभाव हुदै

औषधिको कच्चापदार्थ आयात एक महिनादेखि ठप्प

User Photo बुधबार, फाल्गुन २१, २०७६
काठमाण्डाै ।

कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ । नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्।

‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए। व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार  छ ।

औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन। औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्। पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आश्रत छन्। ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ। नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन्।

‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन्।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन्। यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.