Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कोरोना भाइरसका कारण चीनबाट हुने आयात बन्द जस्तै

चीनसँगको व्यापार प्रभावित

User Photo शुक्रबार, फाल्गुन २३, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसका कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् । चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए ।

जनवरीयता चीनबाट मालवस्तु मगाउन कुनै पनि नयाँ कन्साइन्मेन्ट ‘अर्डर’ नआएको यस लजेस्टिकका सञ्चालकसमेत रहेका टेमानीले जानकारी दिए । उनका अनुसार चीनमा कोरोना भाइरस फैलिएयता चीनबाट आयात हुने मालवस्तुको ‘बुकिङ’ ७५ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार परिमाणका आधारमा चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो ।

चीनबाट औद्योगिक उपकरण, कच्चा पदार्थ, जुत्ताचप्पल, विद्युतीय सामान, दूरसञ्चार उपकरण, औषधि र यसका उपकरण, ब्याग, कपडा, खेलौनादेखि दैनिक उपभोग्य वस्तुको आयात हुन्छ ।

कोरोना संक्रमण महामारीका रूपमा फैलिएयता चीनबाट मालवस्तु मगाउन एउटा पनि नयाँ ‘डकुमेन्ट’ नआएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए । ‘कोरोना फैलिएपछि चीनका लागि कुनै पनि नयाँ डकुमेन्ट नआएको आजको आर्थिक दैनिक अभियानमा खवर छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.