Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

कविता- न जोगाउन मनलाग्छ पेट, न समाल्न मन लाग्छ बेड

बुधबार, बैशाख ३, २०७७

कविता

न जोगाउन मनलाग्छ पेट, न समाल्न मन लाग्छ बेड

मृत्युमा मेरो नझरोस आँसु कसैको,
खसाल्न आँसु त साँचिएको हुनु पर्छ,
कसलाई घाटा के को हुन्छ यो नोक्सानीमा,
मुल्य आँसुको बुझ्न त दिल भाँचिएको हुनु पर्छ ।

जीवन छोटो छ मलाई रहनु छैन यहाँ,
अस्ताएर उधाउनु छ पर लोकमा जहाँ,
पीडा छैन दर्द छैन कसैको खिलाफमा केही छैन,
अब त झन बोझिलो लाग्छ नरलोकमा यहाँ ।

प्यारो हुनुछ लुटुपुटु गर्नु छ काखमा कसैको,
जहाँ अनन्त सम्म शिर ढ्ल्काउन मन हुन्छ,
अहंकार म मा के को यो माटोको स्वरुप,
टुक्राटुक्रा पारेर यसलाई मिल्काउन मन लाग्छ ।

आज भोलि फोस्रो आशा संसारमा के को?
लानु छैन मलाई केही पनि यहाँको,
म त खाली आँए खालीनै जानेछु,
खाली भएर गए पो भरिन्छ थोकले त्यहाँको ।

भ्रममा मेरो तेरो गर्दा गर्दै गएछ जुनी,
न त मेरोलेनै न त तेरोलेनै दियो खुसी ,
अब मलाई चाहिदैन मञ्च नाटक गर्नलाई,
तयार भै सकें म त यो लोक बाट उ लोक सर्नलाई ।

मेरो परिश्रम यहाँ बेकारको पो रहेछ,
अनन्त सम्म रहने भोज जुटाउनु पर्नेमा,
बिहान बेलुकीको पेट र बेडमै सखाप भएछ,
न जोगाउन मनलाग्छ पेट, न समाल्न मन लाग्छ बेड ।

  • एन. पी. खतिवडा


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.