कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ८ बस्ने बेसहारा पीडित महिला राधा देबी देवकोटा लाई वडा नम्बर ८ का अध्यक्ष पुर्ण बहादुर बिष्टले एक कट्टा जग्गा को ब्यबस्था गर्नु भएको छ ।
वडा नम्बर ८ मा रहेको मालिका सामुदायिक बन बचैलाका अध्यक्ष कलम बडुवाल सङ्ग छलफल गरेर बचैलाको मुक्तकमैया सीबीरमा राधा देबी देवकोटा लाई एक कट्टा जग्गा उपलब्ध गराईएको हो ।
बेसहाराको कोहि नभए पनि नगर सरकार बेसहारा र पीडित भएका महिला बालबालिका को लागि जुनसुकै अबस्थामा पनि सहयोग गरीने वडा अध्यक्ष पुर्ण बहादुर बिष्टले बताउनु भयो ।
लम्कीचुहाका बेसहारा लाई सहारा दिउँ भन्ने अभियान ले सहयोग का लागि पहल गरेकाले यस्तै बास्तविक पीडित बेसहारा भएका बालबालिकाहरु र महिलाको सहयोग मानब धर्म नै ठुलो धर्म रहेको बिपि देवकोटाले बताउनु भयो ।
अब घरको व्यवस्थाका लागि सहयोग गर्न सहयोगि मनहरु लाई देवकोटाले अनुरोध गर्नु भयो । राधा देबी देवकोटा का एक छोरा र एक छोरी छन् । राधा देबी देवकोटा एचआईभी संक्रमित महिला हुन् ।
