Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

भरोसापूर्ण वातावरण भएमात्र नेपालसँग वार्ता हुन्छ- भारत

User Photo शुक्रबार, जेष्ठ १६, २०७७
काठमाण्डाै ।

भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि ‘भरोसापूर्ण वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताएको छ । नेपालका अधिकारीहरुले सीमा वार्ता गर्न भारत तयार नभएको भनिरहेका बेला भारतीय विदेश मन्त्रालयबाट पछिल्लो धारणा सार्वजनिक भएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारत सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको बताउँदै त्यसका लागि भरोसापूर्ण वातावरण चाहिने बताएका हुन् ।

उनले भने, ‘वार्ताका लागि संवेदनशीलता, सम्मान, विश्वास र भरोसापूर्ण वातावरण चाहिन्छ ।’

भारतले गत वैशाख अन्तिम साता नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने बाटो निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपाली भूमि मिचेर सडक बनाइएपछि नेपालमा सरकार र जनस्तरमा भारतको तीव्र विरोध भएको छ ।

नेपालका पछिल्ला घटनाक्रमलाई आफूहरुले नजिकबाट नियालिरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन्
यहीबीच वर्षौंदेखि भारतको कब्जामा रहेका र नेपालको नक्सामा छुटेका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ । सन् १८१६ को सुगौली सन्धिको आधारमा नेपालको भूभाग महाकाली नदीको मुहान लिम्पियाधुरासम्म रहेको भन्दै नेपालले नयाँ नक्सा जारी गरेको हो । सो नयाँ नक्सा नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.