महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा आबद्ध ग्राहक सदस्यहरुलाई राहात स्वरुप खाद्यन्न बितरण गरेको छ । बिश्वव्यापी फैलिएको कोभिड–१९ का कारण तीन महिना देखीको बन्दा बन्दीले कष्टकर जिवनयापन गरिरहेका बिपन्न परिवारका सदस्यहरुलाई खाद्यन्न सहयोग गरेको हो । वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्त अन्तर्गत आफु मातहतका ५ वटा सु.नि.का. कार्यालय तथा ५३ वटै शाखा कार्यालयहरु मार्फत संस्थामा आबद्ध ग्राहक सदस्यहरुलाई खाद्यान्न खरिदको लागि करिब दुई लाख बजेट बिनियोजन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
शाखा कार्यालय महेन्द्रनगर कंचनपुरले आफ्नो ग्राहक सदस्यहरुलाई राहात स्वरुप खाद्यन्न बितरण गरेको छ । सुपरिवेक्षण तथा निरीक्षण कार्यालय अत्तरिया, कैलाली अन्तरगतको महेन्द्रनगर कंचनपुरका, शाखा प्रमुख श्री दिपक कुमार रिमाल मार्फत संस्थाको कार्यालयमै संस्थामा आबद्ध पन्ध्र घर धुरीका सदस्यहरुलाई उक्त राहात बितरण गरिएको थियो।
कोभिड १९ का कारण दैनिक ज्यालामजदुरी गरी जिविका चलाउने नागरिक र वास्तविक विपन्न समुदाय सम्म राहातका कार्यक्रमहरु अझै पुग्न नसकेको सदस्यहरुले गुनासो गर्नु भयो । सदस्यहरूले साझ बिहान चुल्हो बाल्न समेत समस्या रहेको समयमा महिला लघुवित्तले गरेको खाधान्न सहयोगको लागी आफुहरू संस्था प्रती आभारी रहेको बताएका छन। आफु आबद्ध संस्थाले बिश्वब्यापी महामारीका बिच हामी माथी गरेको सहयोग को उच्च सम्मान गर्दै सम्पुर्ण परिवारले धन्यवाद ज्ञापन समेत गरेका शाखा कार्यालय महेन्द्रनगर कंचनपुरका शाखा प्रमुख दिपक कुमार रिमालले बताउनु भयो।।
केन्द्रीय कार्यालय साँगा काभ्रेमा रहेको बित्तीय संस्थाले बिगतमा पनि समाजिक उत्तरदायित्त अन्तर्गत हावाहुरी , आगलागी,बाढी पिडितहरुलाई नगद तथा खाद्यन्न सहयोग गर्दै आएको शाखा कार्यालय महेन्द्रनगरका शाखा प्रमुख दिपक कुमार रिमालले जानकारी दिनुभयाे।
