Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाे भएकाे भन्दै क्वारेण्टीनमै आन्दोलन

User Photo मङ्लबार, असार ९, २०७७
काठमाण्डाै ।

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वारेण्टीनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । दाङकाे घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वरेण्टीनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै आन्दोलन गरेका हुन् ।

स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार साँझ प्रतिष्ठानको गेटसम्म पुगेर नाराबाजी गरेका थिए ।

‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’, ‘मान्छेलाई पशुसरह व्यवहार नगर’, क्वरेण्टीनलाई व्यवस्थीत गर’, ‘समस्या समाधानका लागि वडाध्यक्ष पहल गर’ भन्दै नाराबाजी गरेका थिए ।

भारतबाट फर्किएको महिना दिनभन्दा बढी समय क्वरेण्टीनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नदिएको भन्दै ४० देखि ५० जनाको समूह आन्दोलन गर्दै प्रतिष्ठानको गेटसम्म आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुमित खड्काले बताउनुभयो ।

रझेनामा रहेको क्वरेण्टीनबाट निस्केर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट आइपुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरेर पुनः क्वरेण्टीनमा पठाएको समेत उहाँले बताउनुभयो । आफूले सम्झाई बुझाई गरे पनि उनीहरु नमानेर प्रतिष्ठान गएको घोराही उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालले बताउनुभयो ।

‘क्वरेण्टीन बसेको महिना दिन पूरा भएको र स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी भैसक्दा पनि रिपोर्ट नआएपछि उनीहरु प्रतिष्ठान गएका हुन्’, वडा अध्यक्ष अर्यालले भन्नुभयो, ‘क्वरेण्टीनमा बसेकाहरु समयमै रिपोर्ट नआउँदा आक्रोशित भएका छन्, मैले जति सम्झाउँदा पनि मानेनन् ।’

स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यका अनुसार प्रतिष्ठानमा अझै परीक्षणको प्रक्रियामा तीन हजार ४ सय ९२ स्वाबहरु रहेका छन् ।

प्रतिष्ठानमा दुई वटा पीसीआर मेसिन सञ्चालनमा आए पनि ल्याबमा काम गर्ने जनशक्ति बिरामी भएका कारण कोरोना परीक्षणमा ढिलाई भएको प्रतिष्ठान स्रोतले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.