नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार बुधबार रौतहटका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो।
रौतहटका ३६ वर्षीय पुरुषको बुधबार दिउँसो २ : ३० बजे निधन भएको मन्त्रालयले जनाएको छ। असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो आएपछि असार २९ गते अस्पताल भर्ना गरिएको थियो।
असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको हो।
