Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

बुबालाई पनि करेन्ट लाग्दा घाइते

User Photo सोमवार, साउन १९, २०७७
काठमाण्डाै ।

दाङमा करेन्ट लागेर दुई दाजुभाइको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनको १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो ।

मकैबारीमा जंगली बँदेल मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो । थापिएको विद्युतको धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका उनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.